म्याग्दी सहकारीको साधारणसभा

Sinchai Khanipani notice

बेनी । काठमाडौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मंगलबार १३ औ साधारणसभा सम्पन्न भएको छ ।

अध्यक्ष थदेवी पुनको अध्यक्षतामा र बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसरमा सामाजिक योगदान गरे वापत बेलायती सञ्चार माध्यम बीबीसीले छनौट गरेका संसारका १०० जना उत्कृष्ट महिला मध्येका नेपालका सपना रोका मगरलाई सम्मान गरिएको थियो ।

सो अवसरमा म्याग्दी सहकारीबाट प्रकाशित विभिन्न किसिमका जानकारी मुलक अन्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो । संस्थाका बरिष्ठ सल्लाहकार डा. शेरचनले अव सहकारीलाई व्यवसायिक बनाउन कार्ययोजना बनाउन सुझाव दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा संस्थाका कानुनी सल्लाहकार डिल्लीराम तिवारीले सहकारी ऐन तथा नियमावलीको पालना गर्नु सबैको कर्तव्य हुने भएकोले संस्थालाई सफल बनाउन सबै सदस्यहरुले आफनो जिम्मेवारीलाई पुरा गर्नु पर्ने तर्फ सचेत गराउँदै अन्य सहकारी संस्थाको तुलनामा यस सहकारीका पदाधिकारी तथा सदस्यहरु बढि सक्रिय र जिम्मेवार भएको बताउनुभयो ।

कार्यक्रममा बचत तथा कर्जामा असल तथा उत्कृष्ट कारोवार गर्नु हुने इन्द्रमाया महर्जन, चन्द्रशेखर शर्मा, ढकबहादुर छन्त्याल, शम्भु तामाङ, घनश्याम उपाध्याय र दिलमाया भण्डारीलाई कदर पत्र प्रदान गरिएको थियो भने नयाँ शेयर सदस्य मुदी–चेचुङका तिलकुमारी घर्तिलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाका सचिव तथा प्रबन्ध सञ्चालक दिपबहादुर छन्त्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहकोषाध्यक्ष छकप्रसाद शेरचनले स्वागत गर्नुभएको थियो । संचालक समितिको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक चित्रबहादुर पुनले पेश गर्नु भएको थियो ।

एक हजार ६८० जना सेयर सदस्य रहेको यस सहकारीमा आर्थिक वर्ष २०७६÷७७ मा ४५ करोड ३८ लाख रुपैयाँ बचत र ४१ करोड ७५ लाख रुपैयाँ लगानी गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...