म्याग्दी समाज न्यूयोर्कको देउसीभैलो

Annapurna notice 3

म्याग्दी, ः म्याग्दी समाज न्यूयोर्क यूएसए इकाईले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले अमेरिकामा तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रम आयोजना गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित क्विन्समा रहेको धर्म हाउसमा आयोजित कार्यक्रममा म्याग्देलीका साथै नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । समाजले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रम आयोजना गरी संकलन भएको रकमबाट नेपालमा विभिन्न सामाजिक तथा मानवीय सेवाका काममा सहयोग गर्दै आएको छ ।

निवर्तमान अध्यक्ष तथा सल्लाहकार रमेश तुलाचन प्रमुख अतिथी रहुभएको कार्यक्रमको उद्घाटन गर्दै समाजका अध्यक्ष तीर्थ घर्तीमगरले कर्मभूमिमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र परम्परालाई निरन्तरता दिँदा नयाँ पुस्तामा समेत आफ्नो भाषा, संस्कृति र पहिचानप्रति आकर्षण बढेको बताउनुभयो ।

Shreekrishna

यस वर्षको देउसीभैलोबाट संकलित रकममध्ये कार्यक्रम सञ्चालनको खर्च कटाएर बचत भएको रकमको २५ प्रतिशत म्याग्दी जिल्लाका बाढीपहिरो पीडितलाई सहयोग गरिने भएको छ । बाँकी रकम आपत्कालीन कोषमा जम्मा गरी विभिन्न सामाजिक तथा विपद्जन्य कार्यमा परिचालन गरिने कोषाध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

DRM Notice 1

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक भविन शेरपुञ्जा, वरिष्ठ सल्लाहकार मनप्रसाद रोका, सल्लाहकारहरू प्रेमा घर्ती, कर्णबहादुर रोका, याम पुन र यमन रोका, महिला उपाध्यक्ष प्रीतिमाया पुन, महिला संयोजक कमला पुन तथा मोना म्याग्दीका अध्यक्ष तारा गौचन सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष दिपसागर बुढामगर र मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष रत्नसिंह गर्बुजालगायतको उपस्थिति रहेको सांस्कृतिक कार्यक्रम संयोजक भिजन घर्तीमगरले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष तीर्थ घर्तीमगरको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सोमबहादुर बुढाथोकीको स्वागत र महासचिव चक्रबहादुर पाइजा तथा रामचन्द्र सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

म्याग्दी समाज न्यूयोर्क यूएसए इकाईले प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै जन्मभूमि म्याग्दीमा पनि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...