जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्विक अध्ययन्

Annapurna notice 3

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकामा पहिरोहरुको भौगर्विक अध्ययन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणबाट आएका भूगर्वविद्, गाउँपालिकाका जनप्रतिनिधी र प्राबिधिकहरुको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तिहरुको अध्ययन गरेको हो ।

भुगर्वविद् सुमन पाण्डे, पूर्वाधार इन्जिनियर दिनेश घिमिरे र वातावरणविद् सन्देश रेग्मी सहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ पहिरोको अध्ययन गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।

“बुधबार केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पहिरोको अध्ययन गरिने भएको छ,” उहाँले भन्नुभयो “विपद्बाट क्षति पुगेका बस्तिमा थप जोखिमको पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् ब्यवस्थापन समितिको सिफारिसको आधारमा प्राधिकरणले भुवर्गविद्को टोली पठाएको हो ।”

Shreekrishna

भौगर्विक अध्ययन प्रतिवेदनको सुझावका आधारमा पुनःनिर्माणको काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताउनुभयो । टोलीले क्षति भएका, जोखिममा रहेका बस्तिको स्थलगत निरिक्षण, ढुंगा, माटोको नमुना र ड्रोन क्यामेराको तस्विर भिडियो संकलनका साथै प्रभावितसँग छलफल गरेको छ ।

DRM Notice 1

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा तीन सय १६ घरमा क्षति पुगेको छ । एक सय २६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुग्नुका साथै एक सय ४० घर जोखिममा रहेका प्रारम्भिक विवरण संकलन भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

बाढीपहिरोले निजी आवाससँगै कोदो, धान लगायत खाद्यबाली र सुन्तला खेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिचाई, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।

सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावित मध्य अन्यत्र घर नभएका र आफै ब्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ ।

फर्सेसँगै वडा नं. ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नम्बर ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...