पुन मगर समाजद्धारा विपद् प्रभावित परिवार, पालिका र समुदायलाई राहत वितरण

Annapurna notice 3

बेनी, म्याग्दी, पर्वत र बागलुङमा विपद् परि आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु. १७ लाख राहत सहयोग गरिएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा संकलन भएको रु. १६ लाख ७४ हजार तीन सय ७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही रु. २५ हजारका दरले राहत उपलब्ध गराइएको पुन मगर समाजका योगकुमार फगामीले जानकारी दिनुभयो । मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले रु. दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले रु. ५० हजार उपलब्ध गराएका छन् ।

Shreekrishna
DRM Notice 1

त्यसैगरी बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही रु. १० हजारका दरलेरु. एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा रु. दुई लाख ५० हजार सहयोग गरिएको छ ।

म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रु. ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा रु. २५ हजारका दरले सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि रु. तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि रु. दुई लाख, काफलडाँडाका लागि रु. दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि रु. ६४ हजार तीन सय ७५ सहयोग हस्तान्तरण गरिएको छ ।

पर्वतका मिर्गौला पीडितलाई रु. एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पु¥याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...