पहिरोले घेरिएको पाउद्धारको भूगर्भीय जोखिम अध्ययन

Gandaki Ghumau

म्याग्दी, ः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोहरुको प्रारम्भिक भौगर्विक अध्ययन गरिएको छ ।

पाउद्धार सहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ, झारवाङ, किन्दु, धस्केखोरे, सोभित्ता, भुवानथान, बिरौटा, शिख, हल्लेखर्कको पहिरोको अध्ययन गरेको हो ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, ५ नम्बर वडाका अध्यक्ष राजेश तिलिजा पुन, गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख र भुवर्गविद्हरुको टोलीले एक सय मिटर भन्दा बढी लम्बाईमा खसेका करिब ३० वटा पहिरोहरुको अध्ययन गरेका छन् ।

Shreekrishna

वडा अध्यक्ष तिलिजाले पाउद्धारको रेउला, उदिनदुंगा, नाथी, मैदान, हाइपुज्ने ठाउँ र गाउँमुनीको सडक तलका सबै पहिरोहरुको निरिक्षण र अध्ययन गरिएको जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणले खटाएका परामर्शदाता ‘पिपुल इन निड’का भुवर्गविद् लेखप्रसाद भट्टले स्थलगत निरिक्षण, प्रभावितसँग छलफल, नमुना संकलनका साथै ड्रोनको सहायताले पहिरोहरुको अध्ययन गरिएको बताउनुभयो ।

“अन्नपूर्ण गाउँपालिकाको माग र जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय तथा सिफारिसको आधारमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाउद्धार गाउँको पहिरोको प्रारम्भिक भौगर्विक अध्ययन गर्न पठाएको हो,” उहाँले भन्नुभयो “पाउद्धार गाउँमा बस्ति बसाउन उपयुक्त हुने नहुने भन्ने विषयमा सुझाव दिनका लागि केन्द्रित भएर अध्ययन गरेका हौ ।”

Gunasthariya Shiksya

पाउद्धार गाउँमाथिको नाथे पहिरो एक मान्छे भन्दा बढी चिरा परेको, रुखहरु ढल्केको हुँदा थप जोखिम देखिएको भुवर्गविद् भट्टले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमा उक्त पहिरोबाट १५ घर उच्च जोखिममा रहेका छन् । गाउँमाथिको र अन्य पहिरोहरुले बस्तिलाई बनाउन सक्ने जोखिमको विषयमा सुझाव सहितको विस्तृत प्रतिवेदन गाउँपालिकालाई बुझाउने भट्टले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा गत असोज ११ गते पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो भने वडा भर २८ वटा घर पूर्ण क्षति भएका वडा अध्यक्ष राजेश तिलिजाले बताउनुभयो । दुई सय भन्दा बढी घरहरु रहेको पाउद्धार गाउँ चारै तिरबाट पहिरोले घेरिएको छ । अन्य बस्तिहरुमा पनि पहिरोको जोखिम उत्तिकै छन् ।

पाउद्धार जोड्ने सडक अझै अवरुद्ध छ । स्थानीयबासीले श्रमदान गरेर पैदलमार्ग खुलाएका छन् । अस्थायी रुपमा विद्युत आपुर्ति भएको छ । खानेपानी मर्मतका लागि श्रमदान अभियान सञ्चालन भएको छ ।

असोज ११ गते हेलिकप्टरबाट उद्धार गरेर अन्नपूर्ण गाउँपालिका–६ घार स्थित आश्रय स्थलमा लगिएका एक सय १५ जना पाउद्धारबासी पछिल्लो समय आफन्त, छिमेकीको खाली घर र सुरक्षित ठाउँमा टहरा बनाएर बस्न थालेका छन् । शिखको आश्रयस्थलमा रहेका ३५ घरपरिवार मध्य अधिकांश पनि आफन्तको घरमा सरेका छन् ।

भू–गर्वविद्ले दिने सुझाव र अध्ययन प्रतिवेदनको आधारमा पुनःनिर्माणको काम अघि बढाउने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । गाउँपालिकाका अन्य ठाउँका पहिरोहरुको पनि भौगर्विक अध्ययन गराउन पहल भइरहेको उपाध्यक्ष पुनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...