
म्याग्दी ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।
पश्चिम म्याग्दी युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकको ‘ए’ टोली बिजेता र ‘बि’ उपबिजेता भएका हुन् । ‘ए’ टिमले ‘बि’लाई शून्यका विरुद्ध दुई गोल गरेर बिजयी भएको क्लवका सचिव बिमल शर्माले जानकारी दिनुभयो ।
दशै पर्वको अवसरमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख ११ हजार एक सय ११ र रु. ७७ हजार सात सय ७७ नगद पुरस्कार प्राप्त गरेका क्लवका सचिब शर्माले जानकारी दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोका, समितिका सचिव नगेन्द्र मल्ल, सदस्य सोहन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

विश्वास पुन उत्कृष्ट खेलाडी, किरन थापा स्ट्राइकर, विपुल कार्की सर्वाधिक गोलकर्ता, साजन किसान उत्कृष्ट किप्पर, निराजन खड्का उत्कृष्ट मिडफिल्डर र म्याग्दी युवा क्लव पुलाचौर अनुशाषित टिम भएका छन् ।
