म्याग्दीमा संघीय सरकारका तीन वटा कार्यालय थपिदै

Annapurna notice 3

म्याग्दी ः म्याग्दीमा संघीय सरकारका तीन वटा कार्यालय थपिने भएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरु जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा गरिएको छ ।

संघीय खानेपानी तथा ढल ब्यवस्थापन, जलस्रोत तथा सिचाई र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय थपिएका जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।

DRM Notice 1

“पूर्वाधार विकास मन्त्रालयले म्याग्दीमा तीन वटा नयाँ कार्यालय विस्तार गर्ने निर्णय गरेर सहजिकरणका लागि समन्वय समितिलाई पत्राचार गरेको छ,” उहाँले भन्नुभयो “खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय साविक इकाई रहेको भवनबाट सञ्चालन हुनेछ भने अन्य दुई वटा कार्यालयका लागि भवनको खोजीमा छौ ।”

Shreekrishna

स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यक्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ तोकिएको छ । खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यक्षेत्र म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङ रहेको छ । जलस्रोत तथा सिचाई आयोजनाको कार्यक्षेत्र कालीगण्डकी नदी बेसिनका जिल्लाहरु रहेका छन् ।
संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय आर्थिक वर्ष २०८२÷०८३ मा पोखरामा गाभिएर बेनीमा इकाई मात्र रहेको थियो । सिचाई तथा जलस्रोत र स्थानीय पूर्वाधार विकास आयोजनाको कार्यालय यसअघि बेनीमा थिएनन् । तीन वटै कार्यालयहरु यसअघि पोखरामा थिए ।

सडक, सहरी विकास, नदी नियन्त्रण, बस्ती संरक्षण, खानेपानी, सिचाईसँग सम्बन्धी महत्वपूर्ण योजनाहरु सञ्चालन गर्ने कार्यालयहरु जिल्लामै हुँदा योजना छनौट देखि कार्यान्वयनमा सहजता हुने कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो । तिहार अघिनै ती कार्यालयहरु सञ्चालनमा ल्याउने तयारी भएको उहाँले बताउनुभयो ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...