बेनीमा ओली समूहको शक्ति प्रर्दशन

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेतृत्व गरेको समूहले मंगलबार म्याग्दी सदरमुकाम बेनीमा शक्ति प्रर्दशन गरेको छ ।

राष्ट्रिय युवा संघको ओली समूहमा आवद्ध युवाहरुले बेनीमा मोटरसाइकल र पैदलयात्रा मार्फत दुई पटक प्रधानमन्त्री ओलीले चालेको संसद बिघटन गर्ने कदमको स्वागतमा ¥याली प्रर्दशन गरेका थिए ।

सदरमुकाम बेनी आसपास देखि ग्रामिण क्षेत्रबाट समेत युवा, जनप्रतिनिधि र कार्यकर्ताहरुलाई बेनीमा उतारिएकाले यसलाई ओली समूहको शक्ति प्रर्दशनका रुपमा बिश्लेषण गरिएको छ । ¥यालीमा सहभागिहरुले प्रधानमन्त्री ओलीलाई अझै दश वर्ष शाषन गर्न दिनुपर्ने र कम्युनिष्ट एकता हुनुपर्ने जस्ता नारा लगाएर ओलीको कदमप्रति सर्मथन जनाएका थिए ।

Shreekrishna hardwear in news

¥यालीपछि जिल्ला समन्वय समितिको सभाहलमा भएको सभालाई सम्बोधन गर्ने अधिकांश जिल्ला देखि केन्द्र स्तरका नेताहरुले प्रधानमन्त्रीको बचाउ, प्रचण्ड र माधव नेपाल पक्षको चर्को आलोचना गरेका थिए ।

उनिहरुले म्याग्दीमा प्रचण्ड–नेपाल पक्षसँग आगामी चुनावमा प्रतिस्पर्धानै नहुने र मुख्य प्रतिस्पर्धी हुने नेपाली काँग्रेसलाई पराजित गरेर लाल किल्ला बनाइछाड्ने घोषणा समेत गरेका छन् ।
सभाका प्रमुख अतिथि (नेकपा)को ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक अधिकारको प्रयोग गरेर संसद बिघटन गरेको बताउनुभयो । राष्ट्रिय युवा संघका इञ्चार्ज समेत रहेका ओली निकट बस्नेतले बैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

Bhautik ministry notice about road

‘पार्टीका केही नेताहरुले आफ्नो स्वार्थ पुर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संबैधानिक अधिकारको प्रयोग गरेर संसद बिघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो,’ उहाँले भन्नुभयो ‘अदालतले संसद पुनस्थापना गर्ने सम्भावना छैन् । बैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस ।’

सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संबैधानिक अधिकार प्रयोग गरेर संसद बिघटन गर्नुपर्ने बाध्यात्मक कदम चाल्नुपरेको बताउनुभयो ।

नेकपाका केही नेताहरु पार्टीबाट बाहिरिएका तर्क गर्दै बस्नेतले नेकपा नफुटेको दावी गर्नुभयो । सर्वोच्च अदालतले सरकारको कदमलाई साथ दिने र निर्वाचन आयोगबाट आफ्नै समूहले पार्टीको आधिकारिक नाम तथा चुनाव चिन्ह पाउने बस्नेतको दावी छ । प्रचण्ड र माधवकुमार नेपालले बहुमतको दम्ब देखाएर सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीलाई असहयोग र अवरोध गरेको उहाँको भनाई थियो ।


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्ने, पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गर्ने, दुर्गम बस्तीमा बिद्युतिकरण गर्ने देखि ठूला बिकासका आयोजना भित्र्याएको बताउनुभयो ।

सुरुवात गरेका योजनालाई पुर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्माले बताए ।

भेलामा नेकपाका केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ, सन्तोष रावल, युवा नेता कुमार थापा, बिद्यार्थी नेता प्रकाश पौडेल, साबित्री केसी, बिजय घर्ति लगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रबिन शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिशिर शाहीले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...