ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री ११ औ पटक बिजयी

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक ताकमकोतमा मंगलबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री ११ औ पटक बिजयी हुनुभएको छ

सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले मंगलबार वडादशैको महानवमी पर्वको अवसरमा आयोजित प्रतियोगितामा ११ औ पटक उपाधी जितेर इतिहाँस बनाउनुभएको हो । आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागी २२ जना मध्य सबैभन्दा टाढा फालेका खत्रीलाई ‘माल’ घोषणा गरिएको थियो ।

खत्री बाहेक हालसम्म ११ औ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि नजितेका कोतपुजा व्यवस्थापन समितिका सदस्य दिनेश केसीले जानकारी दिनुभयो । “प्रतियोगितामा ताकम र आसपासका गाउँका २२ जना युवाहरुले सहभागिता जनाएका थिए,” उहाँले भन्नुभयो “पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा बिजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।”

Shreekrishna

बि.स. २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधी जितेका खत्रीले २०७८ मा सहभागिता जनाउनुभको थिएन् । २०७९ मा मालिका गाउँपालिका–१ निस्कोटका याम परियारसँग पराजित हुनुभएको थियो । वि.स. २०८० देखि यसवर्षसम्म लगातार बिजयी हुनुभएको छ । सदस्य केसीका अनुसार अनौपचारिक रुपमा गरिएको ५० वर्ष भन्दा बढी उमेर समुहकाको ठेलो फाल्ने प्रतियोगितामा सहभागि नौ जना प्रतिस्पर्धी मध्य ताकमका पुर्वमाल किसान महत बिजयी हुनभएको छ ।

निरन्तरको अभ्यास, शारिरिक ब्यायम र स्वच्छ खानपानले उपाधी जिताउन सहयोग गरेको खत्रीले बताउनुभयो । “वि.स. २०७८ मा आमाको निधन भएको र २०७९ मा जनप्रतिनिधिको रुपमा काम गर्दा तयारी नपुुगेर सफल भएको थिइन,” उहाँले भन्नुभयो “यसपाली विगतको मेरो रेकर्ड तोड्ने कोही पनि प्रतिस्पर्धी नदेखेपछि तयारी नभएपनि अन्तिममा प्रतिस्पर्धामा उत्रिएको हो ।”

मालको सम्मानले समाजमा स्थापित गराउन र निर्वाचनमा उमेद्वार बनेर चुनाव जित्न सजिलो भएको खत्रीको अनुुभव छ । भलिबल र बास्केटबलका खेलाडी समेत रहेका स्नातक तहको शिक्षा हाँसिल गरेका खत्री वि.स. २०७९ को स्थानीय तह निर्वाचिनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Gunasthariya Shiksya

नेपाली कम्युनिष्ट पार्टीको धवलागिरी गाउँपालिका कमिटिका उपाध्यक्ष समेत रहेका खत्रीले जनप्रतिनिधिको जिम्मेवारी पुुरा गरेपछि खेल प्रशिक्षक बन्ने बताउनुभयो । खत्रीलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमपसाद पुुन लगायतले फेता गुटाएर सम्मान गरेका थिए ।

स्थानीयबासीहरुले खत्रीलाई काँधमा बोकेर बाजागाजा सहित ताकमकोत परिक्रमा गराएका थिए । महानवमी पर्वको अवसरमा परम्परागत चलन अनुसार ताकमकोतमा मच्छिमका छन्त्याल र काफलडाडाका मगर समुदायले पुुख्र्यौली नाच र हिलापोखरीका कलाकारहरुले नौमती बाजा प्रस्तुत गरेका थिए ।

वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहाँस छ । वाइसे चौविसे राजाले हरेक वर्षको वडादशैको महानवमी पर्वको अवसरमा आठ सय वर्ष अघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेसम्म पनि निरन्तरता दिइएको छ ।

ताकमकोतमा आयोजना हुुने ठेलो फाल्ने प्रतियोगिता जितेर माल (पहलमान)को सम्मान पाउने यस क्षेत्रका हस्टपुुष्ट र अग्लो शरिर भएका बलिया बाङ्गा युवाहरुको पुर्खौैअघिदेखिको शोख भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“ठेलो फाल्ने यस क्षेत्रका युवाहरुमाझ लोकप्रिय खेल भएपनि ताकमकोतको ठेलोमा जित्नेको छुट्टै महत्व र पहिचान हुने भएकाले यसलाई युवाहरुले प्रतिष्ठाको विषय बनाउने गरेका छन,” उहाँले भन्नुभयो “तत्कालीन थापा राजाका पालामा शुरु भएको माल पहिचान गर्न ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलनलाई अहिले पनि निरन्तरता दिएका छौ ।”

माललाई फेता गुुटाएर काँधमा बोकेर गाउँ परीक्रमा गराएर सम्मानका साथै नगद उपहार दिने चलन छ । मेला महोत्सव र सभा सभारोहहरुमा मालको उपमा दिएर सम्बोधन गर्ने गरिन्छ । पहिले पहिले ताकमकोतको ठेलोमा प्रतिस्पर्धा जनाउनेहरु बर्खामा लेकको बुकीका गोठमा गएर दुध, दही, घ्यू खाने चलन रहेको बुढापाका बताउँछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...