दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

Gandaki Ghumau

म्याग्दी, ः असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ ।
प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखा र यस क्षेत्रमा सञ्चालनमा रहेमा जलविद्युत आयोजनाहरुको सहयोगमा अस्थायी टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले बताउनुभयो ।
“क्षतिग्रस्त भएका तीनवटा टावरको सट्टामा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्न लागिएको हो,” उहाँले भन्नुभयो “बेनी–जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा टावर निर्माणका साथै तार तान्ने काम अन्तिम चरणमा छ ।”

Gunasthariya Shiksya

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु दैनिक रुपमा परिचालन गरेर टावर निर्माण र तार तान्ने काम धमाधम भइरहेको छ । तत्कालका लागि अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडी बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालन भएका ७ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । प्रसारणलाइन र टावरमा क्षति पुगेपछि राहुघाटको स्विचयार्ड देखि माथि दाना सम्मको प्रशारण लाइन बन्द हुनपुगेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...