विपद्पछिको पुननिर्माणका विषयमा म्याग्दीका सरोकारवालासँग मन्त्री महाविर पुनको छलफल

Gandaki Ghumau

म्याग्दी, ः विज्ञान, प्रबिधी तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको जनप्रतिनिधी तथा कार्यालय प्रमुखहरुसँगको छलफलका क्रममा नदी कटान, बाढी र पहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राख्नुुभएको हो ।

“नेताजिहरुले भन्नुप¥यो अब सदरमुकाम कहाँ सार्ने भनेर, यो कुरा छलफलमा लैजानुु प¥यो,” उहाँले भन्नुभयो “प्रोटेक्सन गर्ने की सार्ने त्यो छलफल गरौ ।” जोखिमयुक्त ठाउँको जतिसुुकै संरक्षण गरेपनि प्राकृतिक विपद्लाई छेक्न नसक्ने भएकाले विकल्प सोच्नुपर्ने मन्त्री पुनको भनाई थियो ।

Shreekrishna

यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटाल क्षेत्रमा निर्माण भएको पक्की तटबन्ध भत्काएको र बेनीको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्कीएर पहिरो खस्न थालेको छ ।

Gunasthariya Shiksya

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विपद्को क्षतिको विषयमा जानकारी गराउदै नदी र पहिरो नियन्त्रण गरि सदरमुकामलाई सुरक्षित बनाउन प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा राख्नुभएको थियो ।

“नदीले पनि कटान गरेको छ, भित्ताको पहिरो पटकदेखि डरलाग्दो गरि गएको छ र भूवर्गविद्हरुले पनि अलीकति संकेत गर्नुभएको छ,” केसीले भन्नुभयो “सदरमुकामको बस्ती, यहाँको बैंकहरु अर्को बर्खामा यहाँ नरहने अवस्था आउन नदिनका लागि मानसिक र भौतिक रुपमा रोकथाम गर्न सकिने बजेटको लागि माथिल्लो सरकारहरुसँग अपेक्षा राखेका छौ ।”

यसैगरी मन्त्री पुनले सरकारले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी बेसिनमा बाढी पहिरोले क्षत्ति पु¥याएको निजी आवास र भौतिक संरचनाहरुको पुननिर्माण तथा पुनस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण मार्फत काम अघि बढाएकाले तथ्याङ्क संकलन र समन्वय गर्न आग्रह गर्नुभयो ।

“तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुननिर्माण र पुनस्थापनाको काम अघि बढाएका छौ, संघीय सरकारले उपलब्ध स्रोत साधन परिचालनमा विभेद र कन्जुस्याई गर्दैन,” मन्त्री पुनले भन्नुभयो “पहिलो चरणमा पछिल्लो विपद्बाट प्रभावित स्थानीय तहहरुलाई तीन वर्गमा विभाजन गरेर रु. २० लाख, रु. ३० लाख र ४० लाखका दरले बजेट पठाउने निर्णय गरिसकेका छौ ।”

बैठकमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले प्रदेश तहबाट हुने सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउदै स्पष्ट कार्ययोजना बनाएर बर्खाअघिनै काम सम्पन्न हुने गरि स्रोत परिचालनमा संघीय सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा भएका पुर्वतयारी, राहत, उद्दारका कामको बारेमा जानकारी गराउदै अब पुनःनिर्माण र पुनःस्थापनामा जुट्नका लागि बजेटनै प्रमुख चुनौति बनेको बताउनुभयो ।
छलफलमा म्याग्दीमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी र कार्यालय प्रमुखहरुले भएका गतिबिधी र भावी योजनाका विषयमा आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...