विपद्पको क्षति निरिक्षणका लागि मन्त्री पुन म्याग्दीमा

Gandaki Ghumau

म्याग्दी ः नेपाल सरकारका विज्ञान, प्रबिधी तथा नवप्रर्वतन मन्त्री महाविर पुन पछिल्लो मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि बिहिबार म्याग्दीमा आउनुभएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मका झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दी जिल्ला मन्त्री पुनको निर्वाचन क्षेत्र पनि हो । गत फागुनमा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा पुनले म्याग्दीमा स्वतन्त्र उमेद्वारका रुपमा बिजयी हुनुभएको थियो । बाढी पहिरोले पु¥याएको क्षतिको स्थलगत निरिक्षण, प्रभावितसँग भेटघाट र सरोकारवालासँग छलफलका लागि म्याग्दीमा आएको मन्त्री पुनले बताउनुभयो ।

“म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पु¥याएको क्षतिको निरिक्षण, प्रभावितसँग भेटघाट र पुनःनिर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हो,” उहाँले भन्नुभयो “क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण र बाढीपहिरोबाट घरबास विहिन बनेकाहरुको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

Shreekrishna

सरकार विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताउनुभयो । उहाँले स्थलगत निरिक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरुको सुझावका आधारमा पुननिर्माण तथा पुनस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

Gunasthariya Shiksya

बिहिबार बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरे लगायत सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेर धवलागिरि, मालिका र मंगला गाउँपालिकाको निरिक्षणमा जानुभएको छ । शुक्रबार बिहान बेनी, दिउँसो रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको निरिक्षण तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताउनुभयो ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । सरकारी सवारी साधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेका छन् ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना वेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत, सञ्चार, सिचाई पूर्वाधार र निजी सम्पत्तीमा अर्बौको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन् । ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...