
बेनी,। पुन समाज नेपाल र बेलायतले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पहिरो प्रभावितहरुलाई बुधबार राहत सामग्री सहयोग गरेका छन् ।
घार स्थित वडा कार्यालय परिसरको होल्डिङ सेन्टरमा रहेको पाउद्धारका एक सय १४ जना र शिखमा रहेका किन्दु, घोस्केखोर, घिरवाङका ९१ जनालाई रु. सात लाख ९५ हजार मूल्य बराबरको सामग्री वितरण गरिएको समाजले जनाएको छ ।

समाजका उपाध्यक्ष राजु पुनले दुई ठाउँका दुई सय २७ जनालाई एक÷एक थान न्यानो कपडा (बलाङकेट) र खाद्यान्न सामग्री उपलब्ध गराएको जानकारी दिनुभयो । गिवाङ र नेपानेका प्रभावितलाई बिहिबार वितरण गरिने उहाँले बताउनुभयो ।

सिरुवारीको अस्थायी शिविरमा रहेका राम्चेको महभिर लगायत ठाउँका प्रभावितलाई दशै लगत्तै राहत सामग्री वितरण गरिने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, ६ नम्बर वडाका अध्यक्ष रामबहादुर खड्का लगायतको उपस्थितमा सामग्री वितरण गरिएको हो ।
समाजका बरिष्ठ उपाध्यक्ष पुर्णबहादुर गर्बुजा पुन, उपाध्यक्ष राजु पनु, केन्द्रिय सदस्य बागबिर पाइजा पुन र केन्द्रिय सदस्य तथा कास्की जिल्ला कोषाध्यक्ष सेसराम पुर्जा पुनको टोलीले राहत सामग्री वितरण गर्नुभएको थियो ।
