सिंगा तातोपानी कुण्ड पुनःनिर्माण

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दी नदीमा आएको बाढीले क्षति पु¥याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिंगा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरुमा क्षति पुगेको थियो । मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियान मार्फत पन्छाएर पुनःनिर्माण गरिएको सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

“सिंगाका विभिन्न टोल, युवा क्लव, आमा समूह र दाताहरुको सहयोगमा १६ दिनमा कुण्डको पुननिर्माण गरेर बुधबारदेखि स्नानका लागि खुल्ला गर्न लागेका छौ,” उहाँले भन्नुभयो “स्थानीयबासी र संघ संस्था तथा श्रमदाताहरुको सहयोगमा छिट्टै कुण्ड सञ्चालन गर्ने अवस्था आएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

तीन वटा पोखरी मध्य बिरामीहरुले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरुका सञ्चालित सानो पोखरी बाढीले भत्काएको थियो । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने टंकी राखेका भवन र खुल्ला स्नान स्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको थियो ।

श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाइएको हो । असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्य याम हो । वार्षिक २० हजार जना भन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारणहरु प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नान थिए ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...