काभ्रे भिरको चट्टान फुटाउन बिस्फोटक पदार्थ प्रयोग

Sinchai Khanipani notice

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा कठिन मानिएको काभ्रे भिरमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक बिस्तार सुरु भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले सोमबारदेखि बिस्फोटक पदार्थ प्रयोग गरि पहाड फुटाएर सडक बिस्तार सुरु गरेको हो । आयोजनाका इञ्जिनियर आशिष मानन्धरले नेपाली सेनाको प्राबिधिक सहयोगमा बिस्फोटक पदार्थ प्रयोग गरेर सडक बिस्तार गर्न थालिएको बताउनुभयो ।

“ब्रेकरले काम गर्दा धेरै समय र श्रम लाग्ने भएकाले बिस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाउन थालेका हौ,” उहाँले भन्नुभयो “काभ्रे भिर क्षेत्रमा एक किलोमिटर २०० मिटरमा सडकलाई ६ देखि ७ मिटर फराकिलो बनाउन लागिएको हो ।”

Shreekrishna hardwear in news

म्याग्दी र मुस्ताङ जिल्लाको सिमानामा पर्ने काभ्रे भिर चिनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा कठिन र जोखिमयुक्त मानिन्छ । कालीगण्डकी नदी किनारको अक्करे भिरमा यसअघि नेपाली सेनाले बिस्फोटक पदार्थको सहायताले ट्याक (मार्ग) खोलेको थियो ।

२०७६ असारमा सक्ने लक्ष्य राखिएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५५ प्रतिशत छ । गत चैतमा लकडाउन भएदेखि काम रोकेका निर्माण कम्पनीले यसै महिनादेखि लयमा फर्किएका छन् ।

Bhautik ministry notice about road

बेनी–जोमसोम–कोरोला सडक आयोजनाले २०७४ असारमा युनाइडेट–शर्मा (जेभी), शर्मा गजुरमुखी (जेभी) र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीसँग दुई अरब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण ब्यवसायीले आगामी चैत–बैशाख महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य सहित मजदुर र उपकरण परिचालन गरेको जनाएका छन् । पाँच वटा प्याकेजमा बाँडीएको आयोजनाको बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ । नाली सहित ११ मिटर चौडाई रहने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

कालोपत्रेका साथै विभिन्न ठाउँमा रहेका बेलीब्रिजहरुलाई विस्थापित गर्न पक्कि मोटरेबल पुल निर्माण भइरहेका छन् । वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा छ । कच्चि, साँघुरो, घुमाउरो सडकको ग्रेड तथा मोड सुधार र बिस्तारको काम भैरहेको छ ।

११० किलोमिटर दुरीको जोमसोम–कोरला सडक स्तरवृद्धी योजनाको हालसम्म ६५ प्रतिशत प्रगति भएको छ । बेनी–जोमसोम–कोरला सडक स्तरवृद्धी भएपछि कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरीक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...