रेशमी मार्गको विरासत धानेको च्याङग्रा व्यापार

Gandaki Ghumau

मुस्ताङ, ः प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको बिरासत अहिले दसैँका बेला हिमाली च्याङग्रा बजार झार्ने परम्पराले धानेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा ब्यापारी निरज थकालीले प्राचिन रेशमी मार्ग, मुस्ताङी च्याङग्रा र पोखरा क्षेत्रको दशैको हजारौ वर्ष पुरानो सम्बन्ध रहेको बताउनुभयो ।
“रेशमी मार्गमा नुन र ऊनको ब्यापार इतिहाँस बनेपनि दसैमा मुस्ताङी च्याङग्रा बेच्न बजार झार्ने चलनले रेशमी मार्गको बिरासत धानेको छ,” उहाँले भन्नुभयो “मुक्तिनाथ आएका तीर्थयात्रीको माध्यमबाट मुस्ताङी च्याङग्राको मासुको स्वाद देशभर फैलिएको बुढापाकाहरुको भनाई र इतिहाँस छ ।”

मुस्ताङका लेकाली खर्कबाट सुरु भएको च्याङग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ, चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा र नुवाकोट लगायत देशका ठूला सहरसम्म फैलिएको छ ।

Shreekrishna

विगतमा रेशमी मार्ग हुँदै वस्तु र संस्कृतिको आदानप्रदान हुने यस भेगमा आज पनि च्याङ्ग्राको व्यापारले हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।

“ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले भने निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो “यही परम्पराले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र पोखराको दसैँलाई आज पनि एउटै धागोमा उनेको छ ।”

हिमाली भेडाच्याङग्राको बथान बजार झर्न थालेपछि सर्वसाधारणलाई दसै भित्रिएको महशुस गराउँछ् । लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैका लागि सात सय च्याङग्रा बिक्री गर्न बजार झर्नुभएको छ । “पुर्खाले गर्दै आएको च्याङग्रा ब्यापार गर्ने पेशालाई आङग्यालले दश दशकयता निरनतरता दिएको छु,” उहाँले भन्नुभयो “च्याङग्रा पालेका किसानहरुबाट खरिद गर्ने र आफ्नै गोठमा पालेका च्याङग्रा बेच्न दशैको समयमा बजार झर्ने हाम्रो पुरानो चलन हो ।”

उपल्लो मुस्ताङका किसानका लागि च्याङग्रा पालन परम्परागत पेसा र आम्दानीको प्रमुख आधार हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएको छ । किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्तौँदेखि चलिआएको परम्परासँग जोडिएको छ ।

Gunasthariya Shiksya

नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङग्राको व्यापारमा आवद्ध हुनुहुन्छ । बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आएका उहाँले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङग्रा मुस्ताङबाट सात दिन हिडाएर म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा ल्याउनुभएको छ । उहाँले यस व्यवसायबाट १६ जनालाई मौसमी रोजगारीसमेत दिनुभएको छ ।

श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङग्रा लैजाने तयारी गरिएको छ । चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङग्रा स्वदेशकै हुन् । एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्याङग्रा सङ्कलन गरी बजार ल्याइएको हो ।

हाल बजारमा च्याङग्रा मूल्य आकारअनुसार प्रतिगोटा रु. ४० हजार देखि रु. ५० हजारसम्म पर्छ । श्रेष्ठका अनुसार विगतमा प्रतिकिलो रु. एक हजार तीन सय ५० देखि रु. एक हजार चार सय सम्ममा च्याङग्राको मासु बिक्री हुने गरेको थियो ।

हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमले बताउनुभयो । पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुने व्यापारीको भनाइ छ । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा पनि प्रयोग हुन्छ ।

तर, च्याङग्रापालन गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । छोसेरमा पहिले २५ वटा च्याङग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेका किसान समेत रहेका च्याङग्रा ब्यापारी आङग्याल गुरुङले बताउनुभयो । हिउँचितुवाबाट च्याङग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा परेको स्थानीय बताउँछन् ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार आठ सय १७ भेडा च्याङग्रा निकासी भएका छन् । कार्यालय प्रमुख लालमणि अर्यालले ११ हजार सात सय च्याङग्रा र दुई हजार एक सय १५ भेडाको स्वास्थ्य परिक्षण गरि निकासीका लागि अनुमति दिइएको बताउनुभयो । कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङग्रा निकासी भएका थिए ।

मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई पनि धानेको छ ।

यस वर्षको बाढीपहिरोले सडकमा क्षति पु¥याउँदा च्याङग्रा बजार ल्याउन व्यापारीलाई कठिन भएको छ । च्याङग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको ब्यापारीहरुले बताए । बेनी–जोमसोम सडकका म्याग्दी खण्ड बाढी पहिरोले छियाछिया भएकाले च्याङग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा आएकाले ठूलो राहत मिलेको पनि ब्यवसायीहरुले बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...