म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा, पुननिर्माण र पुनस्थापनाका लागि पर्याप्त स्रोतको ब्यवस्था गरिने मन्त्री महाविर पुनको भनाई

Gandaki Ghumau

म्याग्दी, ः नेपाल सरकारले म्याग्दी जिल्लाका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभामा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बिहिबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिनुभएको हो ।

“बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन,” मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ “क्षतिग्रस्त भौतिक संरचनाहरुको पुननिर्माण र विपद्प्रभावित बस्तिहरुको पुनस्थापनाका लागि सरकारले पर्याप्त स्रोतको व्यवस्थापन गर्नेछ ।”

Shreekrishna

मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दीबाहेक गोरखा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका स्थानीय तह तथा केही वडासमेत गरी २० स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

Gunasthariya Shiksya

गोरखाको शहिद लखन गाउँपालिकाका वडा नं. ३ र ४, मनाङका चामे गाउँपालिका, नासों गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नं. १ र ४ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

त्यसैगरी बागलुङका निसीखोला गाउँपालिकाका वडा नं. ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नं. २ र ४ तथा ताराखोला गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नं. २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका वडा नं. ६, महाशिला गाउँपालिकाका वडा नं. ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं. २ र ३ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सुस्ता गाउँपालिका वडा नं. ५ पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषित भएको छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न भू–भागमा भएको भारी तथा अति भारी वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

ऐनअनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमा र अवधि तोकेर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ । गत असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा सात जनाको मृत्यु, दुई जना वेपत्ता हुनुका साथै सडक, निजी आवास, सिचाई, नदी नियन्त्रण, खानेपानी, विद्युत, जलविद्युत, सञ्चार, पदमार्ग लगायत भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी आधार तयार भएको र सहज हुने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...