म्याग्दीको मल्कवाङबाट गर्भवतीको हवाई उद्धार

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट मंगलबार जटिल अवस्थामा एक जना गर्भवतिको हेलिकप्टरको सहायतामा उद्धार गरिएको छ ।

मल्कवाङ स्वास्थ्य चौकीमा प्रसब ब्याथाले छटपटाएकी धवलागिरी गाउँपालिका–४ की २१ वर्षीय सम्झना लामगाडेको हेलिकप्टरबाट उद्धार गरेर पोखराको गण्डकी अस्पतालमा लगिएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश अस्पताल बेनी र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरेर पोखरा लगिएको धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो ।

Shreekrishna

उहाँका अनुसार अस्पतालमा लामगाडेलाई शल्यक्रिया गरि प्रसुति गराइएको छ । छोरी जन्माउनुभएको छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेको र बच्चालाई हाल नवजात शिशु उपचार कक्षमा राखि उपचार गरिएको छ ।

Gunasthariya Shiksya

लामो समयसम्म सुत्केरी व्याथा लागेको, गर्भको शिशुले पेटमै दिसा गरेको लगायतका कारण जटिल अवस्था देखिएको र तुरुन्त थप उपचार नगरेमा आमा तथा बच्चा दुवैको ज्यान जोखिममा पर्ने सक्ने भएकाले हेलि उद्दार गरिएको मल्कवाङ स्वास्थ्य चौकीका प्रमुख रुपक गिरीले बताउनुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मल्कवाङ जोड्ने सडक मनसुनजन्य विपद्का कारण अवरुद्ध बनेकाले निशूल्क हवाई उद्दार गरिएको हो । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीहरुको निशूल्क हवाई उद्धार गर्दै आएको छ ।

धवलागिरी गाउँपालिकाबाट लामगाडे सहित पछिल्लो तीन दिनमा दुई जना जटिल अवस्थाको गर्भवतिको हवाई उद्धार भएको छ । यसअघि गत आइतबार धवलागिरी गाउँपालिका–४ की २३ वर्षीया झरना छन्त्याललाई पनि हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरामा लगेर प्रसुति गराइएको थियो । छन्त्यालको अस्पतालमा चिकित्सकीय भ्याकुम विधिबाट प्रसुति गराइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...