कोरला नाका जोड्ने बेनी–जोमसोम सडक खुलाउन ‘ड्रोन’बाट इन्धन दुवानी

Gandaki Ghumau

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्बाट क्षतिग्रस्त बनेको चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि आवश्यक इन्धन सोमबार ‘ड्रोन’को सहायताले ढुवानी गरिएको छ ।

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ कुनौटामा दुई सय ५० मिटर सडक कटान गरेर पैदल हिड्न पनि नमिल्ने बनाएपछि सडक मर्मत कार्यमा परिचालन भएका उपकरणका लागि आवश्यक पर्ने इन्धन नेपाली सेनाको टोलीले ‘ड्रोन’को सहायताले ढुवानी गरेका हुन् ।

बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वि शर्माका अनुसार मानिसले बोकेर ढुवानी गर्न असम्भव भएकाले बेनीबाट कुनौटासम्म सवारी साधनमा लगिएको डिजेललाई ग्यालिनमा राखेर ड्रोनले झुण्डाएर पहिरो र सडक कटान भएको ठाउँ पार गराइएको हो ।

Shreekrishna

“छ पटक उडान गरेको ड्रोनको सहयोगमा चार सय लिटर डिजेल पहिरो पार गराउनुका साथै त्यहाँदेखि सेनाकै टोलीले बोकेर अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पु¥याउनुभएको हो,” उहाँले भन्नुभयो “कालीगण्डकी बाढी, कटान र पहिरोबाट क्षति पुगेर अवरुद्ध बनेको सडक मर्मतका लागि इन्धन अभाव भएपछि सेनाको सहयोग मागिएको हो ।”

Gunasthariya Shiksya

यसअघि रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर देखि बैसरी सम्म डिजेल ढुवानीका लागि पनि सेना र स्वमसेवकहरुले सहयोग गरेका थिए । नेपाली सेनाको शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौबाट आएका प्राबिधिक जनशक्ति परिचालन गरेर ड्रोनबाट डिजेल ढुवानी गरेको बताउनुभयो ।

उहाँका अनुसार सेनाले यसअघि रसुवा बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि पनि ड्रोन प्रयोग गरेको थियो । कुनौटामा एक पटकमा एक सय २० लिटरका दरले डिजेल ढुवानी गरिएको सेनानी बस्नेतले बताउनुभयो ।

कुनौटा लगायत बेनी–जोमसोम–सडकमा पर्ने म्याग्दीको पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे र तिल्केनीचौरमा कालीगण्डकीले कटान गरेको सडक तथा पोखरेबगर सडक पुलको पहुँचमार्ग मर्मतका लागि सडक विभाग र निमाृण कम्पनीहरुका करिब २० वटा डोजर, सँयौ मजदुरहरु परिचालन भएका छन् ।

पर्वतको मालढुङ्गा देखि चिनको सिमाना कोरला नाकासम्म दुई सय दुई किलोमिटर दुरीको सडक मध्य म्याग्दीको कुनौटा–पोखरेबगर खण्डको करिब १२ किलोमिटर बाहेकका ठाउँमा मर्मत सकिएर एकतर्फी र हलुवा सवारी साधन सञ्चालन हुन थालेका छन् ।

यसै साताभित्र बेनी–जोमसोम–कोरला सडक मर्मत सम्पन्न गर्ने कार्ययोजना सहित अवरुद्ध सबै ठाउँमा समानान्तर गतिका साथ काम भैरहेको संघीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।
रसुवा र तातोपानी नाका बन्द भएको अवस्थामा चिनसँग ब्यापारका लागि एकमात्र विकल्प बनेको कोरला नाका जोड्ने सडक मर्मत गरि जति सक्दो छिटो यातायात सञ्चालनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको सुवेदीले बताउनुभयो ।

चिनसँगको ब्यापारिक नाकाका अलावा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउने, दसै तिहारका लागि भेडाच्याङग्रा बजार झार्ने र पर्यटकीय याम शुरु भइसकेकाले मुस्ताङलाई सडक यातायात सञ्जालमा जोड्ने बेनी–जोमसोम सडक मर्मतका लागि दवाव परेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...