घान्द्रुक देउरालीमा लागेको डडेलो आठ दिनपछि नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा लागेको डडेलो आठ दिनपछि सोमबार नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का कर्मचारी, संरक्षण क्षेत्र ब्यवस्थापन समिति, पर्यटन समिति र आमा समूहका प्रतिनिधिहरुको टोलीले डढेलो नियन्त्रणमा लिएका हुन् ।
पुष १२ गतेदेखि सुरु भएको डढेलो पूर्ण रुपमा नियन्त्रणमा लिएर सोमबार टोली फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को घान्द्रुक स्थित इलाका संरक्षण कार्यालयका संरक्षण अधिकृत शैलेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रहरी र एक्यापका कर्मचारी बोहक पनि म्याग्दीको खिवाङका ३०, चित्रेका १३, घोरेपानीका १७, कास्कीको घान्द्रुकका २०, छोमरुङका ११ र दाङसिङका १२ जनाको टोली डडेलो नियन्त्रणमा खटिएका थिए । ग्यालीनमा पानी बोहेर आगो निभाउने, माटो थुपार्ने र अग्नी रेखा बनाएर डढेलो नियन्त्रणमा लिइएको यादबले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कास्कीको घान्द्रुकबाट सुरु भएको डडेलोले ठूलो क्षति पु¥याएको छ । सल्ला, गुराँस र जरबुटाको रुख भएको जंगल डढेलोले सखाप पारेको घोरेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो ।

डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने घान्द्रुक देउराली क्षेत्रमा ठूलो जंगल छ ।

वन्यजन्तुको शिकार गर्न र चरनका लागि घाँस पलाउने गलत बुझाइका कारण डडेलो लगाउने गर्छन् । गत कात्तिक महिनायता बर्षा नहुँदा बनजंगल सुख्खा भएका छन् । सुख्खायामको समयमा बनमा डडेलो लाग्ने समस्या बढी हुने गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...