भुगर्वविद्हरुको टोलीबाट म्याग्दीका पहिरोको अध्ययन शुरु

Gandaki Ghumau

म्याग्दी ः भूवर्गविद्हरुको टोलीले शनिबारदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो ।

टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

Shreekrishna

“नगरपालिकाको सिफारिस र जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय अनुसार शुक्रबार बेनीमा आउनुभएका भुवर्गविद् र प्राबिधिकहरुको टोलीले शनिबारदेखिनै अध्ययन शुरु गर्नुभएको छ,” उहाँले भन्नुभयो “बेनी बजार सहित नगरपालिका र जिल्लाका सबै जोखिमयुक्त क्षेत्रको प्राबिधिक अध्ययन गर्ने योजना रहेको छ ।”

Gunasthariya Shiksya

टोलीले दिने सिफारिसको आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालिन र दिर्घकालिन रोकथामका काम गरिने नगर प्रमुख केसीले बताउनुभयो । पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरी वैज्ञानिक अध्ययन अघि बढाइने भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताउनुभयो ।

“विभिन्न बिधी र उपकरणको प्रयोगका साथै स्थलगत निरिक्षण गरेर पहिरोहरुको अध्ययन थालेका छौ,” उहाँले भन्नुभयो “काठमाडौबाट आएका चार जना, स्थानीयतहका प्राबिधिक र भुगर्वविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिहरु तीन वटा समूह बनाएर पहिरोको अध्ययन थालेका छौ ।”

भूगर्भविद्को टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमुनाको विश्लेषण गरी सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ । गत हप्ताको झरिपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्य, दुई जना वेपत्ता, दुई सय भन्दा बढी घरगोठमा पूर्ण क्षति र दर्जनौ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले शुक्रबार सम्म एक सय ११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र तीन सय ४२ घर जोखिममा परेका जानकारी दिनुभयो । यो विवरण अझै थपिन सक्ने उहाँले बताउनुभयो ।

असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढी पहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । अवरुद्ध बनेका यातायात, सञ्चार र विद्युत सूचारु गराउने प्रयास भइरहेको प्रजिअ गणेश गैरेले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...