बेनी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सामाजिक क्षेत्रमा योगदान

Gandaki Pardesh notice

सज्जन शाक्य
सहकारी मूल्य र मान्यतालाई आत्मसाथ् गर्दै ”आर्थिक समृद्वि हाम्रो अभियान” भन्ने मूल नाराका साथ यस समाजका उद्योगी, व्यवसायी, कृषक, शिक्षक, कर्मचारी, समाजसेवी लगायत विभिन्न राजनितिक दलका लब्द प्रतिष्ठित ब्यक्तिहरु समेतको सक्रियतामा २०५८ साल मंसिर २७ गते का दिन यस सहकारी संस्था लि.को स्थापना भएको हो। यस सहकारी संस्था ले स्थापना कालदेखि नै बिभिन्न आफना सदस्यहरुको आर्थिक अनुनयन सँगै बिभिन्न क्षेत्रहरुमा सहयोग र बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ। सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व ग्रहण गर्दछन्।सहकारीले सिर्जना गरेको चेतना,बचत मार्फत पूँजी निर्माण,उद्यमशिलता,प्रबद्र्वन,रचनात्मक क्रियाकलाप एंव सामाजिक क्षेत्रमा योगदान पु्याउनु नै सामाजिक उत्तरदायित्व हो, जुन यस सहकारीले बहन गर्दै आएको छ। ”एकको लागि सबै सबैका लागि एक” भन्ने मूल मन्त्रलाई आत्मसाथ गरको हुँदा समाजमा हुने आर्थिक,सामाजिक र साँस्कृतिक जस्ता बिभिन्न क्रियाकलापमा हाम्रो उपस्थितिले यो उत्तरदायित्वलाई स्पष्ट पार्दछ। संस्थाको स्थापना दिवसकोे अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष यस सहकारी संस्थाले बिभिन्न संघ÷संस्थाहरुमा आर्थिक तथा जिन्सी सहयोग गर्दै आईरहेको छ।
यस सहकारी संस्थाले प्रत्येक बर्ष साधारण सभा बाट यस संस्थामा आवद्व ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक सम्मान गर्ने,शेयर सदस्यका सन्ततीहरु मध्ये SEE परिक्षामा सर्वोकृष्ट एंव सफल हुने विद्यार्थीहरुलाई पुरुस्कृत, उत्कृष्ट कारोबारकर्ताहरुलाई सम्मान तथा पुरस्कृत र संस्थामा कार्यरत कर्मचारीहरुलाई कार्य सम्पादनको आधारमा पुरिस्कृत एंव सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ। संस्थाका सम्पुर्ण संस्थापक शेयर सदस्यहरु र संस्थामा कार्यरत स्थायी कर्मचारीहरुलाई स्वास्थ्य विमा कार्यक्रम लागू गर्दै आईरहेको छ।यस सहकारी संस्थाले बैदेशिक रोजगारमा जाने सदस्यहरुलाई बैदेशिक रोजगार ऋृण प्रदान गर्दै आईरहेको परिप्रेक्षमा विदेशबाट रेमिट्यान्स मार्फत् पठाएको रकम भुक्तानी गर्न आई.एम.ई,प्रभु, हिमाल,सिटी एक्सप्रेस,आई एमी पे,रिलायवल,संसरा,वेष्र्ट यूनियन,गरिमा,जि.एम.ई लगाएतका रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरि रकम भुक्तानी दिदै आईरहेको छ।
संस्थाको गरिमालाई जोखिमयुक्त बनाउनका लागि संस्थाको ऋृण तथा बचत नितिलाई अवलम्बन गरि दैनिक रुपमा क्रियाकलाप गर्दै आईरहेको छ।संस्थाको कुल शेयर पूँजी रु. २,३९,१४,१००÷–(अक्षेरुपी दुई करोड उनचालिस लाख चौध हजार एक सय )रुपैया रहेको छ।संस्थाको जगेडा तथा अन्य कोषहरुमा रु.२,१२,९५,६४५÷–(अक्षेरुपी दुई करोड बार लाख पचानब्बे हजार छ सय पैत्तालिस रुपैया)रहेको छ।संस्थाको निक्षेप रु.३४,९६,२०,२४६÷–(अक्षेरुपी चौत्तिस करोड छयानब्बे लाख बिस हजार दुई सय छयालिस) रुपैया रहेको छ भने यस संस्थाले ब्यापारिक,बैदिशिक,कृषि,शैक्षिक,गृह निर्माण,सरल,हायरपर्चेज,निक्षेप गरि रु.२६,७३,,५७,८५६÷–(छब्बिस करोड त्रिहत्तर लाख सन्ताउन्न लाख आठ सय छपन्न रुपैया )लगानी गरेको छ। बि.स.ं २०७३ सालमा म्याग्दी जिल्लका सम्पुर्ण सहकारी संस्थाहरु मध्येबाट सबै भन्दा राजश्व दाखिला गरेको भनी उत्कृष्ट करदाताको रुपमा नेपाल सरकारबाट सम्मानित भएको थियो। बिश्व कोभिड १९ कोराना भाईरसको संक्रमणले ग्रसित भईरहेको अवस्था छ।बिश्वका शक्तिशाली राष्ट्रहरुबाट पनि यस भाईरसको संक्रमण रोक्नका लागि लकडाउनको अवस्थामा रहेका छन्।हाम्रो देश नेपाल पनि यस कोभिड १९ कोराना भाईरसबाट अछुतो रहन सकेन।दिनानुदिन कोरोना भाईरसको संक्रमण हाम्रो देशमा पनि बढ्ढो क्रममा छ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणको रोकथामको लागि संम्भावित स्वास्थ्य परिक्षण एंव दैनिक मजदुरी गरि दैनिकि चलाउने ब्यक्तिहरुको लागि दैनिक उपभोग्य बस्तुहरुको व्यवस्थापन गर्न हातेमालो गर्न जरुरी देखिएको हुदा यस्तो बिषम परिस्थितिमा सहकारीको सामाजिक उत्तरदायित्व बहन गर्दै बेनी नगरपालिका दैबि प्रकोप उद्वार बिशेष कोषमा रु. ५१०००÷–(अक्षेरुपी एकाउन्न हजार रुपैया)सहयोग गर्नुका साथै यस बिषम परिस्थितिमा लकडाउनको कारणबाट श्रृजित बित्तिय समस्याहरुलाई दृष्टिगत गरि २०७६ साल चैत्र १० गते देखि २०७७ साल आषाढ मसान्त सम्म ब्याजमा १०% छुट र सो अबधि सम्म कुनै पनि हर्जना नलागने जानकारी गराउदै अबका दिनहरुमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रहरुमा यसरी नै सेवा गर्ने प्रतिबद्वता ब्यक्त गर्दछौ।
लेखक बेनी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...