बेनी–बाबियाचौर सडक चार दिनपछि खुल्यो

Gandaki Ghumau

बेनी ः पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–बाबियाचौर खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनी देखि मंगला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हुदै पानाबगर सम्म १६ किलोमिटर सडक मर्मत गरेर मंगलबार साँझ देखि यातायात सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मंगला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको दरवाङ तर्फबाट बांगेपहिरो सम्म मर्मत भएको छ । यो सडक असोज १० गतेदेखि अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

Shreekrishna

पूर्वाधार विकास कार्यालय मार्फत उपकरण परिचालन गरेर बेनी देखि पानाबगर खण्डको सडक खुलाएको र बुधबार देखि पानाबगर–रणवाङ–दुखु–रातोढुंगा–तोलावाङ–बांगेपहिरो खण्डमा दुई तर्फबाट मर्मत कार्यलाई तिब्रता दिने म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो ।

“पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजिवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौ,” उहाँले भन्नुभयो “तीन दिनमा बाबियाचौर सम्म सडक खुलाएका छौ ।”

Gunasthariya Shiksya

मंगला, मालिका र धवलागिरी गाउँपालिकामा खण्ड÷खण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरु परिचालन गरेर सडक मर्मतको कामलाई तिब्रता दिन आफै स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताउनुभयो ।

स्थानीय तह, प्रदेश र संघीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको ब्यवस्था मिलाउने जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णय अनुुसार तीनै तहका जनप्रतिनिधी र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

पछिल्लो समय रसुवा बाढीपछि चिनसँगको मुख्य ब्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको छ ।

थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन संघीय सरकारले खटाएका प्राविधिक टोली मंगलबार म्याग्दी आएर सडकको निरक्षणमा जुटेका प्रजिअ गैरेले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क बिच्छेद भएको छ ।

कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह् श्राद्धमा कागबेनीमा हिन्दु धर्मावलम्बीहरुले पितृ तर्पण दिने गर्छन् । शरदयाम पर्यटकको सिजन पनि हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...