दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन परिक्षणको तयारीमा

Gandaki Pardesh notice

बेनी, १८ पुष । म्याग्दीमा कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रशारण लाइन निर्माण सकिएको छ ।

म्याग्दीको दाना, पर्वतको खुर्कोटमा दुई वटा सबस्टेशन र बीचमा ११० वटा टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइनको पुर्बाधार निर्माण र उपकरण जडानको काम सकिएको बताउनुभयो ।

“टावर ठडाउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परिक्षण सुरु गरेका छौ,” उहाँले भन्नुभयो “सब स्टेशन चार्ज र परिक्षणको तयारीका लागि कार्यतालिका बनाउदैछौ ।” करिब १५ दिनभित्र सबस्टेशन र प्रशारण लाइन सञ्चालनमा ल्याउने तयारी छ ।

Shreekrishna hardwear in news

एशियाली बिकास बैंकको सहयोगमा नेपाल बिद्युत प्राधिकरणले सन २०१६ देखि सुरु गरेको यो आयोजना लक्ष्य भन्दा दुई वर्ष ढिला सकिएको हो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजना निर्माणमा तीन रु. तीन अरब खर्च भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

Bhautik ministry notice about road

कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

“यो सबस्टेशन र प्रशारण लाइन कालीगण्डकी कोरिडोरको बिद्युत बिकासको आधार हो,” उहाँले भन्नुभयो “सबस्टेशन र प्रशारण लाइन कुरेर बसेका धेरै जलबिद्युत आयोजना निर्माणले तिब्रता पाउनेछ् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको बिवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताउनुभयो । पोखरेबगरका जग्गाधनीसँगको बिवादले त्यहाँ ६ वटा टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजनाको बिद्युत केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

थापाखोला र घलेम्दी यसअघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइनको अभावमा पुर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलबिद्युत आयोजनाले संरचनाको परिक्षण सुरु गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...