म्याग्दीका सबै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

Gandaki Ghumau

बेनी ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ ।

धवलागिरी, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । मंगला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धवलागिरीमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली (राजु), रघुगंगामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्बिरोध चयन हुनुभएको जानकारी दिनुभयो ।

Shreekrishna

मंगला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतान्तरले पछि पार्दै भट्टचन निर्वाचित हुनुभएको हो । भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गर्नुभएको थियो ।

छ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसहमतिमा नेतृत्व, पदाधीकारी, सदस्य र क्षेत्रीय प्रतिनिधीहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

अन्नपूर्ण गाउँपालिका १ दोवामा रुकबहादुर पुन, २ भुरुङ्ग–तातोपानीमा विकल नेपाली, ३ दानामा बेलबहादुर पुन, ४ नारच्याङमा चन्द्रप्रसाद फगामी, ५ शिखमा नरबहादुर नेपाली, ६ घारमा नारायण बरुवाल, ७ हिस्तानमा दुतबहादुर पुन र ८ राम्चेमा रवी गर्वुजा वडा सभापति चयन हुनुभएको छ ।

बेनी नगरपालिका १ रत्नेचौरमा नारायण थापा, २ ज्यामरुककोटमा सोबित शर्मा, ३ भकिम्लीमा इन्द्र थापा क्षेत्री, ४ सिंगामा रनबहादुर शाही, ५ पुलाचौरमा यामबहादुर बानियाँ, ६ अर्थुङ्गेमा गोविन्द बानिया, ७ बेनी बजारमा बिनोद श्रेष्ठ र ८ मा सिसम श्रेष्ठ, ९ घतानमा पुण्य चोखाल र १० पात्लेखेतमा लोकबहादुर पुन सभापति चयन हुनुभएको छ ।

मंगला गाउँपालिका– कुहुँमा राजु घर्ती, २ बाबियाचौरमा बिरेन्द्रबहादुर खड्का, ३ बरंजामा टेकबहादुर छन्त्याल, ४ बुकेनीमा लालबहादुर रोका र ५ अर्मनमा तारा क्षेत्री वडा सभापति चयन हुनुभएको छ ।

मालिका गाउँपालिका–१ निस्कोटमा दबहादुर पुन, २ रुममा तारा रोका, ३ डाडागाउँमा कुलमान पटेल, ४ ओखरबोटमा रबहादुर घर्ती, ५ देविस्थानमा घनबहादुर फगामी, ६ दरवाङमा श्रीदत्त गौतम (गोपाल) र ७ बिममा दोमान गर्बुजा वडा सभापति चयन हुनुभएको छ ।

धवलागिरी गाउँपालिका–१ गुर्जामा सोम छन्त्याल, वडा नम्बर २ लुलाङमा प्रेम विश्वकर्मा (वि.क.), ३ मुनामा शेरबहादुर मल्ल, ४ मुदीमा गबहादुर पुन, ५ मल्कवाङमा अमर छन्त्याल, ६ मराङमा जगबहादुर गर्बुजा र ७ ताकममा थमबहादुर पुन वडा सभापति चयन हुनुभएको छ ।

रघुगंगा गाउँपालिका– बेगमा गणेश पुन, २ भगवतिमा कृष्ण शाही, ३ पिप्लेमा हिमाल कार्की, ४ दग्नाममा कृष्ण गर्बुजा, ५ झिँमा लालबहादुर रोका, ६ पाखापानीमा भेषबहादुर शेरपुञ्जा, ७ चिमखोलामा बेगबहादुर पुन र ८ कुइनेमंगलेमा प्रकाश छन्त्याल वडा सभापति चयन हुनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...