
बेनी, ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत बुधबार म्याग्दीका चार वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।

धवलागिरी, मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । रघुगंगा र मंगला गाउँपालिकामा पनि आजै सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।
बेनी नगर सभापतिमा चक्र केसी, धवलागिरीमा प्रेमप्रसाद पुन, मालिकामा राजु जुग्जाली र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल चयन हुनुभएको छ । यसअघि म्याग्दीका ४५ वटै वडामा सर्वसहमतिमा नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको थियो ।

