चाडपर्व लक्षित गरेर बेनीमा सुपथ मूल्यमा चिनी र नुन बिक्री कक्ष सञ्चालन

Gandaki Ghumau

बेनी ः नजिकिदै गरेका दशै, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सुपथ मूल्यको पसल सञ्चालन भएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको ‘साल्ट टे«डिङ कर्पोरेशन’ले स्थानीय अधिकृत बिक्रेता मार्फत बजार मूल्यको तुलनामा सहुलियतमा दैनिक उपभोग्य बस्तुको बिक्री वितरण गर्ने उद्देश्यले पसल सञ्चालन गरेको हो ।

पसलको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बुधबार शुरुवात गर्नुभयो । साल्ट टे«डिङ कर्पोरेशनको बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले चाडपर्वको समयमा उपभोक्ताहरुलाई राहत दिनका लागि सुपथ मूल्यको पसल सञ्चालन गरिएको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

साल्ट ट्रेड्रिङको म्याग्दीका लागि अधिकृत विक्रेता श्रीकृष्ण टे«डर्सले बेनीको न्युरोडमा रहेको भिम एण्ड ब्रर्दशमा बिक्री कक्ष सञ्चालन गरेको छ । सुपथ मूल्यको पसलमा चिनी प्रतिकेजी रु. एक सय १० र नुन प्रतिकेजी रु. २५ मा बिक्री गर्ने ब्यवस्था मिलाइएको श्रीकृष्ण टे«डर्सका सञ्चालक मोतिलाल पौडेलले बताउनुभयो ।

उहाँका अनुसार एक जना उपभोक्ताले एक पटकमा पाँच÷पाँच किलोग्राम चिनी र नुन खरिद गर्न पाउनेछन् । सुपथ मूल्यको पसलमा दाल, मैदा, चामल र तेल पनि बिक्रीको ब्यवस्था मिलाउने प्रजिअ गैरेले सञ्चालकलाई आग्रह गर्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेश शाक्यका अनुसार जिल्लामा पहिलो पटक सार्वजनिक र औपचारिक रुपमा आम उपभोक्ताको पहुँच पुग्ने गरि सुपथ मूल्यको पसल सञ्चालन भएको हो ।

यसअघि सञ्चालन भएका सुपथ मूल्यका पसलमा आम उपभोक्ताको पहुँच थिएन् । बेनीका उपभोक्ता डिलकुमारी श्रेष्ठले बजारमा प्रतिकिलो रु. एक सय २० मा पाइने चिनीलाई १० रुपैया सस्तो पाउँदा राहत मिलेको बताउनुभयो ।

धवलागिरी गाउँपालिका–२ खोरियाका टिका पुनले सुपथ मूल्यको पसल सञ्चालन भएको जानकारी पाएपछि सामान किन्न आएको बताउनुभयो । छठ पर्व सम्मका लागि सुपथ मूल्यको पसल सञ्चालन भएको हो । चाडपर्वको समयमा धेरै खपत हुने चिनी खरिद गर्नका लागि बिक्री केन्द्रम उपभोक्ताको घुइचो लागेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...