
साल्ट ट्रेड्रिग कर्पोरेशन बागलुंगले बुधबार देखि म्याग्दीको सदरमुकाम बेनीमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ ।

दसै र तिहारलाई लक्षित गरेर उपभोक्तालाई सुपथ मूल्यमा चिनी र नुन बिक्री गर्ने उद्देश्यले पसल सञ्चालन गर्न लागेको हो । कर्पोरेशनको म्याग्दी स्थित आधिकारिक बिक्रेता श्रीकृष्ण ट्रेडर्सले बेनीको न्युरोडमा रहेको बिक्रेता भिम एण्ड ब्रर्दशमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको हो । उक्त प्रतिकेजी चिनी रु. एक सय १० र नुन प्रतिकेजी २५ मा प्राप्त गर्न सकिन्छ । एक जनाले अधिकतम पाँच, पाँच किलोग्राम नुन र चिनी खरिद गर्न पाउने श्रीकृष्ण ट्रेडर्सका सञ्चालक मोतिलाल पौडेलले बताउनुभयो ।

