बालमन्दिरमा निर्माण भएका भवन उद्घाटन

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत बिद्यालयमा रु. ६४ लाख भन्दा बढीको लागतमा भवन निर्माण भएको छ ।

चार वटा कक्षा कोठा र ब्यापारिक प्रयोजनका लागि निर्माण भएको चार कोठे भवनको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको २२ लाख ५५ हजार ३६८ अनुदान र विद्यालयको आन्तरिक श्रोतबाट १ लाख ३० हजार २७० गरी २४ लाख २९ हजार ६५७ रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण भएको थियो ।

Shreekrishna hardwear in news

विद्यालयका प्रअ सुरेन्द्रप्रसाद केसीका अनुसार, बेनी नगरपालिकाको शिक्षा शाखाको १५ लाख ६८ हजार ४६२ अनुदान र विद्यालयको आन्तरिक श्रोतबाट ३० हजार गरी १६ लाख ०८ हजार ४६२ रुपैयाँ लागतमा दुई कोठे तथा विद्यालयको आन्तरिक श्रोतबाट २४ लाख २९ हजार ७३५ रुपैयाँ लागतमा चार वटा सटरसहितको बहुद्धेश्यीय भवन निर्माण गरिएको थियो ।

Bhautik ministry notice about road

बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण बराईली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि सो बिद्यालयको ब्यवस्थापन समितिको पुर्बअध्यक्ष समेत रहनुभएका नगरप्रमुख श्रेष्ठले पुर्वाधार निर्माणले विद्यालयको पठनपाठन सहज हुने बताउनुभयो ।

उहाँले सामुदायीक विद्यालय सञ्चालन गर्न भौतिक पुर्वाधार र दरबन्दी अभाव मुख्य चुनौति भएको बताउनुभयो । उहाँले प्रस्तावित विद्यालयमा आवश्यकताको आधारमा दरबन्दी थप गर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका–८का वडा सदस्य हिराबहादुर पुन, परोपकारी संस्था ओमकुमारी शान्ती कोषका अध्यक्ष राजेश शाक्य, विद्यालयका चन्दादाता सुरेन्द्रराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत र बेनी नगरपालिका शिक्षा अधिकृत अर्जुन पौडेलले सामुदायिक विद्यालयको गुणस्तमा सुधार हुँदै गएको बताउनुभयो ।

कक्षा आठ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ७ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा चार सम्म अंग्रेजी माध्यमबाट पढाई हुने प्रअ केसीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतको अध्यक्षता र सल्लाहकार मनबहादुर चर्मकारको स्वागत तथा प्रअ सुरेन्द्र केसीको कार्यक्रम संचालन गर्नुृभएको थियो ।

विद्यालय व्यवस्थापन समिति पुनगठनका लागि अभिभावकहरु मध्यबाट नेत्रबहादुर महत, खिमबहादुर परियार, लक्ष्मी विक र टिका मिजार निर्वाचित हुनुभएको छ । बैठकबाट व्यवस्थापन समितिमा पदाधिकारी चयन हुनेछन् । शिक्षक अभिभावक संघको अध्यक्षमा दिलमाया थापा, सदस्यमा नरदेबी रसाईली, कान्छिमाया तामाङ, धनकुमारी किसान, कुसुम विक, इन्द्रेनी पुन, राजकुमार विक र गौरिदेबी रिजाल चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...