बेनी–जोमसोम सडकको पहिरो प्रभावित क्षेत्रमा यसरी भइरहेछ काम

Gandaki Ghumau

बेनी ः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको कामले गति लिएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वर देखि मुस्ताङको लेते सेतोखोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तरोन्नतिको कामलाई पूर्णता दिन लागेको हो । फरक–फरक प्याकेजमा ठेक्का मार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तरोन्नति गर्ने काम भैरहेको आयोजना प्रमुख तेजस्वि शर्माले जानकारी दिनुभयो ।

“बर्खायाम र कोरला नाकामा आवत जावत गर्ने सवारी साधनको चापका बावजुद सडक स्तरोन्नतिको कामले निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो “यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ । बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौ ।”

Shreekrishna

आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेबकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे, बैसरी क्षेत्रमा एक किलोमिटर दुई सय मिटर सडक ढलान र विभिन्न ठाउँमा दुई हजार तीन सय घनमिटर ग्याबीयन, पलम र कंक्रिट पर्खाल निर्माणका लागि रु. सात करोड ३० लाखमा शंकरश्री–क्रियटिभ जेभीले ठेक्का पाएको छ । गत बैशाख महिनामा सम्झौता गरेका उक्त कम्पनीले बर्खायाममा पनि निर्माण कार्यलाई निरन्तरता दिएको छ ।

Gunasthariya Shiksya

रु. आठ करोड मा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी खण्डमा टेवा पर्खाल, कल्भर्ट निर्माण र ढलानको काम गरिरहेको छ । भिरकाटे क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरि पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम तथा सवारी साधनको चापका कारण रोकिएको छ ।

यो ठेक्का मार्फत एक हजार आठ सय ९० घनमिटर ग्याबिन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरेर सडक संरक्षण गरी करिब दुई किलोमिटर (चार हजार तीन सय ७१ घनमिटर) सडक ढलान गरिने इन्जिनियर बैठाले जानकारी दिनुभयो ।

जोखिमयुक्त र सवारी साधन आवत जावत प्रभावित बनाएका सिरुवारी, तातोपानी लगायत ठाउँका पहिरो नियन्त्रणसँगै सडक स्तरोन्नतिका लागि प्राबिधिक अध्ययनको चरणमा रहेको छ । यसअघि रु. २५ करोडमा विभिन्न निर्माण कम्पनीहरुसँग ठेक्का सम्झौता भएको बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

कमजोर भूबनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण सिधा यातायात अवरुद्ध हुने समस्या रहेकाले सडक स्तरोन्नति तथा पहिरो नियन्त्रणलाई प्राथमिकता दिइएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...