
बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविमा मंगलबार आइएमई लाइफ इन्सोरेन्स कम्पनीले बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नवौ वार्षिकोत्सवको अवसरमा बेनी शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिमाको उद्देश्य, फाइदा र बिमा गर्ने तथा यसबाट पाइने सुविधाका प्रक्रियाका बारेमा शाखा प्रमुख अमृत आचार्यले जानकारी गराउनुभएको थियो । यसैगरी विद्यालयलाई खेलकुद र विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गरिएको आचार्यले बताउनुभयो ।

