ताकममा तिज बिशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पडितलाई सहयोग

Gandaki Ghumau

म्याग्दी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तिज बिशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पिडितलाई सहयोग गरिएको छ ।

वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि बिनियोजन गरेको रु. एक लाख बजेट तिज बिशेष कार्यक्रम नगरि रसुवा बाढीका पिडितहरुका लागि सहयोग गर्ने निर्णय भएको हो ।

Gunasthariya Shiksya

वडा अध्यक्ष अशोक खत्रीले आमा समूह र स्थानीय संघ संस्थाहरु मार्फत हरेक वर्षको तिज पर्वका दिन आयोजना हुने कार्यक्रमका लागि बिनियोजन भएको बजेट शिर्षकान्तर गरि बाढी पिडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“आमा समूहका प्रतिनिधी र जनप्रतिनिधीहरुले देशमा बाढीका कारण शोकमा डुबेको अवस्थामा कार्यक्रम नगरी पिडितहरुको राहत, पुनस्थापना र पुननिर्माणका लागि सहयोग गर्ने निर्णय गरेका हौ,” उहाँले भन्नुभयो ।

यसअघि धवलागिरी गाउँपालिकाले विपद् ब्यवस्थापन कोष मार्फत भदौ १० गतेको रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा रु. दुई लाख पठाएको छ । –

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...