ताकम माविका विद्यार्थी पढाईसँगै ब्यवहारिक सिप सिक्दै

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तरकारी खेती शुरु गरेको छ ।

विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यवसायिक ज्ञान सिप सिकाउने उद्देश्यले तरकारी खेती शुरु गरेको हो ।

ताकम माविका प्राध्यानाध्यापक केशर रावलले पलास्टिक घर बनाएर मौसमी र बेमौसमि तरकारी खेती शुरु गरेको जानकारी दिनुभयो । “विद्यार्थी र शिक्षकहरुले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली र गाजर लगाएका छौ,” उहाँले भन्नुभयो “थप जमिनमा हिउदे आलु र साग प्रजातिका तरकारी लगाउने तयारीमा छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

ताकमको मैदानमा रहेको तीन रोपनी भन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतिलाई निरन्तरता दिने विद्यालयको योजना छ । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई तरकारी खेतीमा सहभागी गराइएको छ ।

तरकारी खेतीका लागि गाउँपालिकाले ‘धवलागिरीको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम मार्फत आर्थिक वर्ष २०८२÷०८३ मा रु. एक लाख ५० हजार सहयोग गरेको छ । दातृ संस्था ‘गुड नेवर्स इन्टरनेशनल’को सहयोगमा संगम म्याग्दी मार्फत सञ्चालिक एकिकृत सामुदायिक विकास परियोजनाले प्राङग्रारिक प्रबिधीबाट खेती गर्ने तरिकाका विषयमा प्राबिधिक सहयोग गरेको छ ।

उक्त परियोजनाले करेसाबारी कार्यक्रम मार्फत थप सहयोग गर्ने जनाएको प्रअ रावलले बताउनुभयो । कक्षा आठ देखि १२ सम्म इलेक्ट्रिक इञ्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माविमा दुई सय २१ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थीहरुले पढ्दै कमाउने सिप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । करेसाबारीमा बिताउँदा विद्यार्थीहरुले जिवनउपयोगी र व्यवसायिक सिप सिक्नुका साथै ‘रिफ्रेस’ महशुस गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...