अरुणालाई जिताउन म्याग्दीमा भलिबल संघको अभियान

Gandaki Pardesh notice

बेनी । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड अन्तरगतको पिपुल्स च्वाइसको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टिमकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सञ्चालन भएको छ ।

जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन अपिल गर्दै अभियान सञ्चालन गरेको हो । बेनीमा आइतबार पत्रकार सम्मेलन गरेर संघले म्याग्दीकी खेल प्रतिभा शाहीलाई सामाजिक सञ्जाल फेसबुक र मोवाइल एप्स इसेवा मार्फत भोट गरेर जिताउन अपिल गरेको हो ।

संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ र उपाध्यक्ष तेजिन्द्र बानियाले एनएसजेएफ फल्सर स्पोटर््स अवार्ड बिधा अन्तरगत शाहीलाई भोटिङ गरेर जिताउन अपिल गर्दै बेनी बजारमा घरदैलो, बिद्यालय क्याम्पसका बिद्यार्थी मार्फत प्रचारप्रसार गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

‘म्याग्दीमा जन्मिएर भलिबल मार्फत देश र जिल्लालाई चिनाउन योगदान गरेकी अरुणालाई थप प्रोत्साहनका लागि अभियान सञ्चालन गरेका हौ,’ भलिबल संघ म्याग्दीका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अरुणाको खेलबाट प्रभावित भएको बताउनुभयो । अरुणाको योगदानले म्याग्दीबासी लगायत नेपालीको शिर उचो र छाती छौडा बनाएको उहाँहरुको भनाई थियो । अरुणालाई जिताउन म्याग्दीबासीको साझा दायित्व भएको उहाँहरुले बताउनुभयो ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका –३ पिप्लेकी शाहीले सुरुवाति चरणका संघर्षमा साथ दिएका जिल्लाबासीले अहिले अवार्ड जिताउन पनि सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टोलीबाट माल्दिप्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी हात पारेको थियो ।

कक्षा आठ पढ्दा बि.स २०६४ मा बेनीमा भएको जिल्ला स्तरको अन्तर मावि खेलकुद प्रतियोगिताबाट ब्यवसायिक खेल क्षेत्रमा छिरेकी अरुणाले त्यही वर्ष म्याग्दीलाई तत्कालिन विकास क्षेत्र स्तरीय प्रतियोगितामा बिजेता बनाउनुभएको थियो । शाहीको भलिबल खेल क्षेत्रमा ब्यवसायिक यात्रा भने पोखराको ज्ञानुबाबा माविमा पढ्न थालेपछि भएको हो ।

मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ । ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङ पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...