जलविद्युत आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण गरिने

Gandaki Ghumau

बेनी ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षणको काम थालिएको छ ।

दुखुखोलामा आएको बाढीले पुलको मंगला गाउँपालिका तर्फ रहेको पिल्लरको संरचना भन्दा मुनीबाट बग्न थालेपछि भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाई हुने भएकाले जलविद्युत आयोजनाहरुको रु. ५० लाख भन्दा बढी लगानीमा पुल संरक्षणको काम हुन लागेको जानकारी दिनुभयो ।

Shreekrishna

“पुलको जोखिमका कारण निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसीनका जलविद्युत आयोजनाहरुले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्,” उहाँले भन्नुभयो “पुल संरक्षणको अवधिसम्मका लागि ठूला गाडी सञ्चालनका लागि गाउँपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेर बैकल्पिक सडकको ब्यवस्था मिलाउन जनप्रतिनिधी र प्राबिधिकको टोलीले बिहिबार स्थलगत अध्ययन गरेका छौ ।”

Gunasthariya Shiksya

जग मुनीबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साघुरिएकाले यात्रुवाहक सवारी साधन र जलविद्युत आयोजनाहरुका सामाग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ । यो पुल भत्किने हो भने मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।

६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१, २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन् ।

दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत आयोजनाहरुमा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ । संघीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राबिधिक कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु. दुई करोड छ लाखमा वि.स. २०७६ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो ।

मालिका धुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिल्लर तथा पहुँचमार्ग अस्थायी संरक्षण गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...