
बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा एक परिवारले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् ।

धनबहादुर खड्का, चित्रबहादुर खड्का र डम्मरबहादुर खड्काको स्मृतिमा धनबहादुरका तीन जना छोराहरु प्रेमबहादुर, लोकेन्द्र र डम्मरबहादुर खड्काले प्रतिक्षालय निर्माण गरिदिनुभएको हो ।
सिम–कोत्रवाङ–पैयुपाँटा–कुहुँ सडकको छेउमा प्रतिक्षा निर्माणका साथै खानेपानीको धारा पनि बनाइदिनुभएको कोत्रवाङ टोल सुधार समितिका अध्यक्ष पूर्ण बिकले बताउनुभयो । यसअघि चौतारो भत्काइदिएर हैरान बनाइरहेको अवस्थामा प्रतिक्षालय बनेपछि गर्मी र झरीमा ओत लाग्न सहज भएको छ ।
कोत्रवाङबासीहरुको अपेक्षा अनुसार प्रतिक्षालय निर्माण गरिदिने खड्का परिवारलाई स्थानीयबासीहरुले हालै एक कार्यक्रम गरि सम्मान गरेका थिए ।

