
म्याग्दी, ः भोटेकोशी बाढी पिडितको राहत, उद्दार र पुननिर्माणका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेका तीन वटा निजी शैक्षिक संस्थाहरुले रु. छ लाख ५० हजार भन्दा बढी सहयोग गरेका छन् ।
न्यु वेष्ट पोइन्ट आवासीय मावि, लिटल गार्डेन एकेडेमी र बेनी आवासीय माविले रु. छ लाख ५१ हजार दुई सय ११ सहयोग गरेका हुन् । विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरेको विद्यालयहरुले जनाएका छन् ।
न्यु वेष्ट पोइन्ट आवासीय माविको युरेसले रु. एक लाख, शिक्षक कर्मचारीको पारिश्रमिकबाट रु. एक लाख ९४ हजार एक सय ४९ र सञ्चालक समितिहरुले रु. एक लाख ५६ हजार आठ सय ५१ सहयोग गरेका प्रिन्सिपल डिबी दाहालले जानकारी दिनुभयो ।
बेनी आवासीय विद्यालयका सञ्चालकहरुले रु. ५१ हजार सात सय ८६, शिक्षकहरुले एक दिनको तलब बराबर रु. २७ हजार पाँच सय र विद्यार्थीहरुले खाजा खर्च कटाएर रु. २१ ह्जार आठ सय २५ सहयोग गरिएको सञ्चालक सनम बानियाले बताउनुभयो ।
लिटल गार्डेन एकेडेमीका सञ्चालक, शिक्षक, कर्मचारीहरुको एक दिनको तलब र विद्यार्थीहरुबाट रु. एक लाख एक सय कोषमा जम्मा गरिएको प्रिन्सीपल दिपक सुवेदीले बताउनुभयो । यसैगरी प्रकाश माविका विद्यार्थीहरुले खाजा खर्च कटाएर जुटाएको रु. ३८ लाख नौ सय २५ पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको प्रअ जयराज सुवेदीले जानकारी दिनुभयो ।
रत्नेचौरबाट रु. दुई लाख ६८ हजार सहयोग
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका विभिन्न संघ संस्थाले रसुवा भोटेकोशी बाढी पिडितलाई रु. दुई लाख ५८ हजार सात सय ६६ सहयोग गरेका छन् ।
बसन्त सदाबर्त गुठीले रु. एक लाख ५१ हजार एक सय ११, संगम आमा समुहले रु. ४४ हजार पाँच सय ५५, रत्नेचौर चेतनशिल आमा समूहले रु. ४२ हजार एक सय, रत्नेचौर युवा क्लवले रु. दश हजार, रत्नेचौर–काठमाडौ समाज र श्रीजनशिल आमा समूहले रु. १० हजार सहयोग गरेका हुन् । उनिहरुले नेपाल सरकारको प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा गरेको जनाएका छन् ।

