
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६४ औ स्थापना दिवसको अवसरमा दरवाङ र बाबियाचौरमा आयोजित कार्यक्रममा एक सय १८ जनाले रक्तदान गरेका छन् । दरवाङमा ६६ र बाबियाचौरमा ५२ जनाले रक्तदान गरेका रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री मोतिराज गौतमले जानकारी दिनुभयो ।
दरवाङमा भएको रक्तदान कार्यक्रमको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस म्याग्दीका सभापति अमर बानिया लगायतको उपस्थिति रहेको थियो । विपद् ब्यवस्थापन र मानवीय सेवामा क्रियाशिल रेडक्रस सोसाइटीले बेनीमा प्रदेश अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेर सेवा दिएको छ ।

