म्याग्दीमा जथाभावी राहत सहयोग संकलनमा कडाई

Gandaki Ghumau

बेनी, भोटेकोशी बाढी पिडितहरुको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता नम्बर बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रुपमा राहत संकलन अभियान सञ्चालन नगरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको क्रियाशिल राजनीतिक दल, सुरक्षा निकाय र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको बैठकले नेपाल सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोड मार्फत आर्थिक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको हो ।

इच्छुकलाई सोझै सरकारको खातामा जम्मा गर्न अनुरोध गर्दै आर्थिक सहयोग भनी व्यक्तिगत तथा संस्थागत खाता नम्बर तथा क्युआर सार्वजनिक गरी सहयोग संकलन नगर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले बताउनुभयो ।

Shreekrishna

बैठकले जिल्ला स्तरमा प्राप्त हुन सक्ने बस्तुको विवरण तयार पार्ने तर तत्काल संकलन नगर्ने निर्णय पनि गरेको छ । राहतलाई ब्यवस्थित बनाउन तथा दुरुपयोग रोक्नका लागि यस्तो निर्णय गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

Gunasthariya Shiksya

यसैगरी रसुवाको भोटेकोशी बाढीमा परेर म्याग्दीका दुई जना वेपत्ता भएका छन् । तीन जना सम्पर्कमा आएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मालिका गाउँपालिका–४ ओखरबोट छापका २५ वर्षीय भबिन्द्र रेग्मी र धवलागिरी गाउँपालिका–२ खोरीयाका २३ वर्षीय प्रबिन पुर्जा सम्पर्क बिहिन रहेका छन् ।

“परिवारले जानकारी गराएपछि प्रशासन मार्फत उनिहरुलाई सम्पर्कबिहिनको सूचिमा राखेर खोजी भइरहेको छ,” उहाँले भन्नुभयो “भदौ १० गते बाढीपछि वेपत्ता भएका थप तीन जना भने आइतबार परिवारको सम्पर्कमा आएका छन् ।”

मंगला गाउँपालिका–५ किमचौरका तिर्थ बिक, धवलागिरी गाउँपालिका–२ खोरीयाका टिकाबहादुर र प्रदिप पुर्जा सम्पर्कमा आएका प्रशासनले जनाएको छ । सहायक प्रजिअ आचार्यका अनुसार उनिहरु रसुवाको त्रिशुली (ए) जलविद्युत आयोजनामा कामदार थिए ।

धादिङको गल्छी आइपुगेका तिर्थले काम गर्ने ठाउँमा बाढी आएपछि भागेर ज्यान जोगाएको र चार दिनपछि परिवारको सम्पर्कमा आएको बताउनुभयो । “बाढी आएको सूचना पाउनेवित्तिकै जस्तो अवस्थामा थिए त्यस्तै भिरै भिर भागेर ज्यान जोगाए,” उहाँले भन्नुभयो “चार दिन पैदलयात्रा गरेर गल्छी आएपछि बल्ल परिवारसँग सम्पर्क गर्न पाए ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...