गुर्जा समाज काठमाडौको बाढी पिडितलाई सहयोग

Gandaki Ghumau

बेनी, ः गुर्जा समाज काठमाडौले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् ।

Gunasthariya Shiksya

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा घर भई पेशा, ब्यवसाय र रोजगारीको शिलशिलामा राजधानी काठमाडौमा बसोबास गर्ने गुर्जाबासीहरु आवद्ध संस्थाले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रु. एक लाख जम्मा गरेका हुन् । समाजका सल्लाहकार दिप छन्त्याल मार्फत कोषमा आइतबार रकम जम्मा गरिएको हो ।

११ वर्षअघि स्थापना भएको समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । समाजले हालै राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २५ हजार र बेनी नगरपालिका–३ भकिम्ली चिनाखेतका पहिरो पिडितलाई रु. १५ हजार सहयोग गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...