
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा गहना सफा गर्ने बाहनामा ठगी गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
गहना टल्काउने बाहनामा रसायनको प्रयोग गरेर गहनाको तौल घटाएर ठगी गर्ने भारतको बिहार प्रदेशको पूर्वी च्पारन जिल्ला गोरासाहनका ४० वर्षीय सोनु साह र ३७ वर्षीय दुर्गा साहलाई नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार मंगला गाउँपालिका–३ दहबाट यही भदौ १२ गते पक्राउ परेका दुवै जनालाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धान गर्न भदौ १७ गतेसम्मका लागि हिरासतमा राखिएको छ ।

साहद्धयले मुसुङकी एक जना वृद्धालाई झुक्काएर यही भदौ ११ गते गहनाको तौल घटाएर ठगी गरेको स्थानीय मनदेवी विकले प्रहरीमा उजुरी दिनुभएको छ ।

