भोटेकोशी बाढी पिडितलाई म्याग्दीका तीन पालिकाको रु. दुई÷दुई लाख सहयोग

Gandaki Ghumau

बेनी, ः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन वटा स्थानीय तहहरुले रु. छ लाख सहयोग गरेका छन् ।

धवलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु. दुई÷दुई लाख जम्मा गरेका हुन् । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गरिरहेको गाउँपालिकाहरुले जनाएका छन् । कोषमा बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले रु. एक लाख ५१ हजार जम्मा गरेको छ ।

Gunasthariya Shiksya

यसैगरी यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीपछि रसुवामा निर्माणाधिन दुई सय १६ मेगावाट क्षमताको त्रिशुली जलविद्युत आयोजनामा कार्यरत म्याग्दीको मालिका गाउँपालिका–४ छापका भविन्द्र रेग्मी सम्पर्कविहिन हुनुभएको मालिका गाउँकार्यपालिकाका सदस्य दलप्रसाद खड्काथोकीले बताउनुभयो ।

Shreekrishna

भदौ ९ गते परिवारसँग फोनमा कुराकानी गरेका रेग्मी बाढीपछि वेपत्ता भएपछि खोजतलास गरिदिन परिवार र आफन्तले अनुरोध गरेका छन् । रेग्मी १८ महिनादेखि आयोजनाको ठेकेदार कम्पनीमा कामदारको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...