जगन्नाथ मेलामा गहना चोरी गर्ने पाँच जना पक्राउ

Gandaki Ghumau

ःबेनी, म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

बाराको बारगढी गाउँपालिका–३ खोपयाका १९ वर्षीय आकाश राय, पर्साको विरगञ्ज महानगरपालिका–२० का हरपतगंगका १९ वर्षीय लाल बाबु राय, २६ वर्षीय प्रमोद कुमार, २४ वर्षीय सुनिल कुमार राय र एक जना नावालकलाई अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Gunasthariya Shiksya

बेनी नगरपालिका–६ अर्थुङ्गेमा भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनिहरुलाई म्याग्दी जिल्ला अदालतको अनुमतिमा अनुसन्धानका लागि तीन दिनका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार पक्राउ परेकाहरुले बेनी नगरपालिका–५ गाजनेको जगन्नाथ मन्दिरमा सोमबार लागेको धार्मिक मेलामा पुजाआजाका लागि आएकी स्थानीय भद्रकुमारी कार्कीले घाँटीमा लगाएको तीन सय तीन सय ५५ लालको सुनको सिक्री चोरी गरेर भागेका थिए । उनिहरु यसअघि पनि म्याग्दीका अन्य चोरीका घटनाहरुमा संलग्न भई मुद्दा समेत चलेको खुलेको प्रहरीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...