दुखुखोला सडक पुल जोखिममा

Gandaki Ghumau

बेनी, ः म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ ।

दुखुखोलामा आएको बाढीले पुलको संरचना भन्दा मुनीबाट बग्न थालेपछि भासिने जोखिम बढेको हो । दुखुबेशीका बासिन्दा समेत रहेका मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोकाले पुलको मंगला गाउँपालिका तर्फको जग मुनीबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साघुरिएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“यात्रुवाहक सवारी साधन र जलविद्युत आयोजनाहरुका सामाग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ,” उहाँले भन्नुभयो “यो पुल भत्किने हो भने मालिका, धवलागिरी र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।” पुलको एकातर्फको पिल्लरको जग मुनीबाट खोलाले कटान गरेर बाढी बग्न थालेको छ ।

Shreekrishna

संघीयता लागू हुनुअघि तत्कालीन जिल्ला पूर्वाधार कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु. दुई करोड छ लाखमा वि.स. २०७६ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिका धुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले दुखुखोला सडक पुल संरक्षणका लागि शनिबारदेखिनै काम शुरु भएको जनाएको छ । कार्यालयका प्रमुख सुनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिल्लर तथा पहुँचमार्ग संरक्षणको काम थालिएको बताउनुभयो । जोखिमयुक्त भएकाले पुलमा यात्रा गर्ने क्रममा सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...