घान्द्रुक देउरालीको डडेलो नियन्त्रणका लागि छ समूह परिचालन

Add Samajik bikash office

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा लागेको डडेलो नियन्त्रणका लागि छ वटा समूह परिचालन भएका छन् ।

म्याग्दी र कास्कीका तीन÷तीन वटा समूहले शुक्रबारदेखि आगोलागी नियन्त्रणमा लिनका लागि काम गरिरहेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को घान्द्रुक स्थित इलाका संरक्षण कार्यालयले जनाएको छ ।

संरक्षण अधिकृत शैलेन्द्र यादवले म्याग्दीको खिवाङका ३०, चित्रेका १३, घोरेपानीका १७, कास्कीको घान्द्रुकका २०, छोमरुङका ११ र दाङसिङका १२ जनाको टोली डडेलो नियन्त्रणमा खटिएका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

संरक्षण क्षेत्र ब्यवस्थापन समिति, पर्यटन उपसमिति, युवा क्लव, आमा समूह, नेपाल प्रहरीको सहयोगमा डडेलो नियन्त्रण गर्न ग्यालीनमा पानी बोक्ने, माटो थुपार्ने, अग्नी रेखा बनाउने लगायतका काम गरिएको छ ।

Bhautik ministry notice about road

छोमराङको टोलीले दोबाटो, दाङसिङकाले उल्लेरी माथिको नांगीठाटी, टाढापानी फेदी तथा म्याग्दी र घान्द्रुकको टोलीले देउराली क्षेत्रमा आगो निभाउने काम गरिरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको नेतृत्वमा आगो निभाउने काम भैरहेको छ ।

पुष १२ गते राती सुरु भएको डडेलो शनिबार दिउँसोम्म थप फैलिन रोकिएको अधिकृत यादबले बताउनुभयो । कास्कीको घान्द्रुकबाट सुरु भएको डडेलोले ठूलो क्षति पु¥याएको छ । सल्ला, गुराँस र जरबुटाको रुख भएको जंगल डढेलोले सखाप पारेको घोरेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो ।

डडेलोका कारण बन्यजन्तु र पंक्षीको बासस्थानमा असर परेको छ । काठ, दाउरा, घाँस, बोटबिरुवा र जडिबुटि जलेर नष्ट भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने घान्द्रुक देउराली क्षेत्रमा ठूलो जंगल छ ।

वन्यजन्तुको शिकार गर्न र चरनका लागि घाँस पलाउने गलत बुझाइका कारण डडेलो लगाउने गर्छन् । गत कात्तिक महिनायता बर्षा नहुँदा बनजंगल सुख्खा भएका छन् । सुख्खायामको समयमा बनमा डडेलो लाग्ने समस्या बढी हुने गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...