‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली

Gandaki Ghumau

बेनी, म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो ।

बेनी देखि आधार शिविर सम्मका होटल तथा रेष्टुरेष्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, एक देखि अर्को गन्तब्य सम्म पुग्न लाग्ने समय, उचाई, समस्या परेमा सम्पर्क गर्ने निकायको फोन नम्बर सहितका विवरणहरु मोवाईलबाटै हेर्न सकिने ब्यवस्था मिलाएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“आधार शिविर भ्रमणमा जानुअघि पुर्व सूचना प्राप्त गर्न व्यक्तिलाई फोन गरिरहन नपरोस र यात्राका क्रममा अप्ठ्यारो परेमा सहयोग लिनका लागि पर्यटकलाई सहज होस भन्ने उद्देश्यले कार्यालयकै जनशक्तिको सिप, अनुभव र दक्षताको प्रयोग गरेर स्मार्ट सूचना प्रणालीको विकास गरेका हौ,” उहाँले भन्नुभयो “स्मार्ट सूचना प्रणालीलाई अपटेड, परिमार्जन गर्दै निरन्तरता दिनेछौ ।”
प्रहरी निरीक्षक सागर तिमिल्सीनाले फोन मार्फत अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको बारेमा जानकारी माग्नेहरु धेरै भएकाले कसैलाई फोन नगरी सहजै सूचना पाउने प्रणाली बनाइएको बताउनुभयो । बसपार्क, होटल, प्रहरी चौकी, सार्वजनिक स्थलमा आम नागरिकको सहज पहुँच हुने गरि ‘क्युआर कोड’ टाँस्ने र सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दुरिमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाईमा परेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग वि.स. २०७७ देखि सञ्चालनमा आएको थियो ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनी समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा पञ्चकुण्ड ताल छ ।

आधार शिविरको डाडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार छ सय ८४ बर्ग मिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...