म्याग्दी क्याम्पसले ३० औ स्थापना दिवस मनायो

Gandaki Pardesh notice

बेनी, । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले शनिबार ३० औ स्थापना दिवस मनाएको छ ।

स्थापना दिसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल बितरण र अस्पताल ब्यवस्थापन समितिलाई स्यानीटाइजर उपलब्ध गराएको क्याम्पसले जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख चिकित्सक डाक्टर जितेन्द्र कडेललाई स्यानीटाइजर हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी २२ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण गरिएको थियो । कोरोनाको जोखिमका कारण यस वर्ष स्थापना दिवसको अवसरमा औपचारिक कार्यक्रम नगरिएको क्याम्पस प्रमुख गोरख जिसीले बताउनुभयो ।

अध्यक्ष सुबेदीले क्युएएको मान्यतालाई निरन्तरताका लागि क्याम्पसले शैक्षिक, भौतिक, प्रशासनिक क्षेत्रमा धेरै सुधार गरेको बताउनुभयो । बि.स २०४७ पुष १८ गते म्याग्दी बहुमुखी क्याम्पसको स्थापना भएको थियो ।

कक्षा ११ देखि स्नाकोत्तर तहसम्म पठनपाठन हुने यस क्याम्पसमा एक हजार जना भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् । दश जोड, दुई र स्नातकमा शिक्षा, मानबिकि र ब्यवस्थापन तथा स्नाकोत्तर तहमा ब्यवस्थापन संकायको पठनपाठन हुने गरेको छ ।

म्याग्दी क्याम्पसलाई गत वर्ष विश्वबिद्यालय अनुदान आयोगले अन्तराष्ट्रिय स्तरको गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) प्रदान गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...