बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण शुरु

Gandaki Ghumau

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ ।

नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्य थालेको हो । रु. एक करोड तीन लाखको लागतमा तीन तले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष अमर बानियाले जानकारी दिनुभयो ।

“संस्थाका पदाधीकारी र सदस्यहरुबाट जुटाएको रु. १० लाख बजेटबाट जग खन्ने र कुनातर्फ पर्खाल बनाउन थालेका छौ,” उहाँले भन्नुभयो “थप पूर्वाधार बनाउन दाताहरुलाई सहयोगको अपिल गरेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र उहाँकी पत्नी याममाया रोकाले रु. दुई करोड ५० लाख मूल्य बराबरको सात आना, एक पैसा, तीन दाम क्षेत्रफल भएको जग्गा उपलब्ध गराउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका पुर्व सभापति रहेका रोका सामाजिक व्यक्तित्व हुनुहुन्छ ।

दुई तलामा कार्यालय र सहयोगी कक्ष रहने भवनको पहिलो तलामा उपचार तथा औषधी भण्डारण र दोस्रोमा शल्यक्रिया कक्षा बनाइने सभापति बानियाले जानकारी दिनुभयो । संघले हाल बेनीमा भाडाको घरमा सञ्चालन गरेको आँखा उपचार कक्षको भवनबाट म्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका बासिन्दाले सेवा लिने गरेका छन् ।

भवन सम्पन्न भएपछि आँखाको शल्यक्रिया सम्बन्धी सेवा बेनीमै उपलब्ध गराउने र पोखरा जानुपर्ने समस्या हटाउने उद्देश्य राखिएको सभापति बानियाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...