म्याग्दीका मुख्य सडक तीन दिनका लागि रातीमा बन्द

Gandaki Ghumau

बेनी ः जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा तीन दिनका लागि रातीको समयमा यातायात सञ्चालन बन्द गरेको छ ।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड र बेनी–दरवाङ सडकमा साउन ३१ देखि भदौ २ गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भएको मौसम पूर्वानुमान सम्बन्धी सूचना अनुसार भारी बर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरि सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

स्तरोन्नतिको क्रममा रहेका बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरो खस्ने, नदीले कटान गर्ने समस्या छ । रातीको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले सतर्कता अपनाइएको प्रजिअ आचार्यको भनाई छ ।

Shreekrishna

बेनी–जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनी देखि उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थलमार्ग हो । बेनी–दरवाङ सडकले धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले म्याग्दीका छ वटै स्थानीय तहहरुलाई विपद् ब्यवस्थापनका लागि तयारी अवस्थामा रहन परिपत्र गरेको छ । निरन्तरको बर्षातका कारण भिरालो जमिन गलेर जुनसुकै अवस्थामा पहिरो खस्ने, तटीय क्षेत्रमा बाढी आउने खतरा भएकाले जोखिमयुक्त क्षेत्र पहिचान गरि सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...