शिखका वडा अध्यक्ष तिलिजाको निधन

Gandaki Pardesh notice

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ ।

प्यारालाइसीस (पक्षघात) रोगबाट थलिनुभएका तिलिजाको शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

पोखरा महानगरपालिका–११ फुलबारी स्थित निवासमा तिलिजाको निधन भएको हो । उहाँको शनिबार पोखरामै अन्त्येष्टि गरिने भएको छ । गत साउनमा एक्कासी बिरामी भएपछि उहाँलाई हेलिकप्टरबाट पोखरा लगिएको थियो ।

Shreekrishna hardwear in news

तिलिजाले पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै आउनुभएको थियो । उहाँको शरिरको देब्रे भाग चल्न छाडेको थियो । तिलिजाका श्रीमति, दुई छोरी र दुई छोरा छन् ।
उहाँ बि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर निर्वाचित हुनुभएको थियो । किन्दु आधारभूत बिद्यालयको पुर्व प्रअ समेत रहेका तिलिजाले शिख माविमा समेत अध्यापन गराउनुभएको थियो ।

वडा अध्यक्ष तिलिजाको निधनप्रति गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले दुख व्यक्त गर्नुभएको छ । तिलिजाले निधनले शिख र गाउँपालिकालाई अपुरणीय क्षति पुगेको बताउदै अध्यक्ष पुनले श्रद्धाञ्जली ब्यक्त र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...